किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक

A+ A-

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताइन ।

खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै किसानहरुको संरक्षणका लागि वैदेशिक लगानी आवश्यक रहेको बताएकी हुन ।

उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागु गर्न आवश्यक रहेको बताइन । वैदेशिक लगानी भित्राउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा भएको भन्दै उनले तर धेरै आशंका गरेर विकासका कामहरु रोक्ने कुरा राम्रो नहुने उल्लेख गरेकी छिन।

‘सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्राएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाई थियो ।
एफडिआईका बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको  बताइन। यो सिजनसम्मका लागि सरकारले मलको व्यवस्था गरेको भन्दै उनले अब मलको तत्कालिन, मध्यकालिन र दिर्घकालिन समाधानका निम्ती योजना बनाएर लागिसकेको  जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics