यस्तो छ तीन दिनको मौसम


हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।


हाल मौसमको अवस्था


हाल  बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्यता सफा रहेको छ ।साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।


२०७९ जेठ ९ गते (सोमवार)


दिउँसो : देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। देशका केही  स्थानहरुमा र मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


राती : लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही देशका  बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।


 


२०७९ जेठ १० गते (मंगलबार)


दिउँसो : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


राती :  लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


 


२०७९ जेठ ११ गते (बुधबार)


दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


राती :देशका उच्च पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ का उच्च  पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)


देशका केही  स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics