चितुवाको छालासहित दुई पक्राउ



प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरीको संयुक्त टोलीले लम्कीचुहा नगरपालिका–३ टुक्की बजारबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अछाम विनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर विक र जुम्ला तातोपानी गाउँपालिका–४ का ५० वर्षीय तुलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीहरुको साथबाट सात फिट १० र चौडाइ चार फिट सात इन्च भएको चितुवाको एक थान छाला बरामद गरिएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics