चार महिनापछि काठमाडौंमा वर्षा (तस्वीरहरू) 



काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षात् भएको हो ।

गण्डकी प्रदेशका अधिकांश भाग, वागमती प्रदेशका केही स्थान र प्रदेश १ मा फाटफुट पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । दिउँसो एक्कासी परेको पानीका कारण जनजीवन प्रभावितसमेत बनेको छ । पोखराका केही ठाउँमा त असिनापानीसमेत आएको छ ।
‘राति क्रमश: मौसम सुधार हुँदै जाने देखिएको छ । भोलि पनि मेघ गर्जन, चट्याङसहित पानी पर्ने सम्भावना देखिन्छ’, उनले जानकारी दिए ।

सामान्यतया मार्चदेखि प्रिमनसुन सुरू हुने भएकाले पश्चिमी वायुको प्रभाव रहेको अधिकारीले बताए ।















नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics