मेघ गर्जन सहित वर्षाको सम्भावना,देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने

A+ A-



विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, तराईका भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आज दिउसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। साथै तराईका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षा हुने जनाइएको छ।

राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics