नेपाल टेलिकमका अफरै अफर, यस्ता छन प्याकेज



काठमाडौँ। नेपाल टेलिकमले नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ। विगतदेखि नै ग्राहकवर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको टेलिकमले आज (२०७९ चैत ३) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको हो ।

यो अफर पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने भएको छ। रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ।

त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नुपर्दछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ। कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।

यस्ता छन् प्याकेजः
१. ह्याप्पी विके प्याक
२. अल टाइम डाटा प्याक
३. नाइट टाइम भोलुम बेस्ड डाटा प्याक
४. अनलिमिटेड नाइट टाइम डाटा प्याक
५. अल टाइम सोसियल मिडिया डाटा प्याक
६. अल टाइम डाटा स्ट्रिमिङ प्याक
७. अल टाइम फोरजी डाटा प्याक
८. जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक
९. अल टाइम भ्वाइस प्याक
१०. नाइट टाइम भ्वाइस प्याक
११. सीयूजी प्याकेज
१२. डे प्याक
१३. एसएमएस प्याक
१४. एफटीटीएच ब्यक्तिगत प्याकेज
१५. एफटीटीएच कर्पोरेट युजर प्याकेज
१६. एडीएसएल भोलुम बेस्ड प्याकेज
१७. एडीएसएल अनलिमिटेड प्याकेज
१८. एक घण्टा अनलिमिटेड प्याक
१९. विद्यार्थी अफर
२०. इन्डिया कल अफर
२१ . मिस्ड कल अलर्ट
२२. एफटीटीएचमा निःशुल्क भ्वाइस

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics