वाणिज्य बैंकको नाफा २५ प्रतिशत वृद्दी, नबिल बैंक पहिलो हुँदा पछ्याउदै ग्लोबल आइएमई



एक महिनामा वाणिज्य बैंकहरुको नाफा ७ अर्ब २१ करोड ६० लाख रुपैयाँले बढेको छ ।अघिल्लो वर्ष यसै अवधिमा बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुदनाफा गरेका थिए।बैंकहरूको खुदनाफा १४ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा छ। यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक छ। दोस्रो स्थानामा ग्लोबल आइएमई बैंक छ।

नबिलले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा छ। सबैभन्दा धेरै नाफा नबिल बैंकको बढेको छ।

नबिलको नाफा ७६.८६ प्रतिशत बढेको छ। ४ अर्ब रुपैयाँभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन्। यस बाहेक प्राइम कमर्सियल बैंक र कुमारी बैंक बाहेक अरु सबैको नाफा बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकको दुईवटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ ।

यस्तै ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउनेमा नेपाल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक गरी ७ बैंक छन्।  २ अर्ब रुपैयाँ बढी नाफा गर्नेमा सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, प्रभु बैंकलगायत आधा दर्जन बैंक छन्।  यस्तै १ अर्ब रुपैयाँ बढी नाफा कमाउनेमा माछापुच्छ्रे र कुमारी गरी दुई बैंक छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics