एनआईसी एशियाकाे नाफा ४ अर्ब ६५ करोड



एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ । असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४.४५ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ७३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ रहेको छ । ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैकको जगेडा कोषयमा १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा रहेको छ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics