माछापुच्छ्रेकाे सटही सुविधा क्यूआर कोडबाट



माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक बैंकिङ्ग विभाग बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्युआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यसबाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics