माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा



काठमाडाैं- डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा विनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्ने बताइएको छ ।

यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जसअन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका एक सय ४० भन्दा बढी देशका छ सय ६० सहरहरूमा अवस्थित १४ सयभन्दा बढी एयरपोर्टमा रहेका एयरपोर्ट लाउञ्जहरूमा प्रिमियम लाउन्जको सुविधा लिन सकिने बताइएको छ ।

प्रायोरिटी पासले उडान गर्नुअघि एयरर्पोट लाउञ्जअनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नेलगायत अन्य अतिरिक्त सुविधासहित लाउन्जको अनुभव प्रदान गर्ने बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics