भदौ २६ देखि नाडा अटो शो, अर्थतन्त्र चलायमान बन्ने आस
- नेचर खबर

काठमाडाैं - यसपटक नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पाङग्रे र २२ वटा ब्राण्डका दुई पाङग्रे सहभागी हुने भएका छन् । भदौ २६ देखी सुरु हुने अटो शोमा चर्चित ब्रान्डसंगै नयाँ ब्रान्डको समेत उपस्थिति रहने भएको हो ।
१२० वटा स्टल रहने अटो शोमा ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरु, ९ वटा वित्तिय संस्थाको सहभागिता रहेको थियो ।
चारपांग्रेमा बीवाईडी, सिट्रोन, फोर्ड, जी इभी, ग्रेटवाल मोटर्स, हुन्डाई, किया, महिन्द्रा, मेक्सस, एमजी, नेटा, निशान, सेरस, सुजुकी, टाटा र विलिङका गाडी रहेका छन् ।
दुईपांग्रेमा एफ्टेक, बजाज, बेनली, इभोक, होन्डा, जावा, कोमाकी, केटीएम, लेक्ट्रो, लिभनेङ, एनआईयु, पियर इभी, रोयल इन्फिल्ड, सेगवे, स्लेन एन ९०, सुनरा, सुजुकी, टीभीएस, भेष्पा÷अप्रिला, यडिया र जोनेट्स ब्रान्डका विद्युतीय र पेट्रोल इन्जिनका रहेका छन् ।
लाइट कमर्सियलमा सिजी केवाईसी, फोर्स मोटर्स, फोटोन, ज्याक, किङलङ्, एसआरएम, पोलरिस ब्रान्डको उपस्थित रहेको छ।
लुब्रिकेन्ट्समा बोस्क, युनोकल, आईटीआर, टोटल, गल्र्फ, डकम्स, लिक्युमली, पीएलओ, हेला, मोटुल, टाटा मोटर्स जेनुन आयल र पेट्रोनास नेपालीसंगै विदेशी ब्रान्डको उपस्थित रहने छ।
ब्याट्री ओजोन, टाटा ग्रिन, करनक, केज, ग्लोबाट रहेका छन् भने टायरमा जेके, डेल्टा, एटीएफ र सिइएटी ब्रान्डले स्टल बुकिङ गरेका छन्।
बैंक र इन्स्योरेन्समा ग्लोबल आईएमई, नविल, हिमालय, प्रभु, सानिमा, लक्ष्मी, कामना सेवा, महालक्ष्मी विकास बैंक र शिखर इन्स्योरेन्स अटो शोमा सहभागिता जानाउँदै छन्।
कोभिड महामारीको कारण ३ वर्षपछि नाडा अटो शो हुँदैछ। गत वर्ष नाडाकै आयोजनामा विद्युतीय अटो शो सञ्चालन गरेको थियो।
नाडाले पार्किङकोलागि भृकुटीमण्डप बाहिर व्यवस्था गरिएको छ। पार्किङ गरेपछि निशुल्क सटल बसको प्रयोग गरि प्रदशनी स्थलमा जान सकिने भएको छ।
नाडा अटो शोमा सहभागी हुनेलाई विद्युतीय स्टुकर जित्ने अवसर रहेको छ।
अटो शोमा सहभागी हुनेकोलागि २०० रूपैयाँको टिकटको तोकिएको छ। विद्यार्थीहरूलाई भने १५० रूपैयाँ रहेको छ।
सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनीको १५ औं संस्करण टाटा मोटर्स जेन्इन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ आयोजना गरिने भएको छ ।
नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र २६ देखि ३१ गते सम्म हुँदै छ।
प्रतिक्रिया दिनुहोस