दुम्सी पालेर पनि यसरी चल्छ जीवन



काठमाडौं - धेरै मानिसहरू दुम्सीको शरीरमा भएका सुईजस्ता तीखा काँडाका कारण डराउँछन् । दुम्सीको हैरानीका कारण कति किसानले त यसलाई ढुकेर मार्ने समेत गरेका छन् ।

तराइमा भन्दा पहाडका भीर पाखामा दुलो बनाएर बस्न रुचाउने यसलाई कमैले मात्रै प्रत्यक्ष देखेका छन् । किनकी यो दिनमा भन्दा रातमा सक्रिय हुन्छ । किसानले लगाएको आलु, मकै लगायतका फलफूल रुचाउने यसको शरीरमा भएका काँडा नै आफूलाई सुरक्षा गर्ने हतियार हो । त्यसैले धेरै यसको काँडाबाट डराउँछन् । तर, श्रीलङ्काको केगाले जिल्लामा बसोबास गर्ने एउटा परिवारले १५ वटा दुम्सी पालेको छ ।

दुम्सी र बालबच्चाको रेखदेख गरिरहेकी एचपी चन्द्रकान्तिका अनुसार ती घरपालुवा दुम्सी देखाएर कमाएको पैसाले विद्यालय जाने बच्चाहरू र आँखा नदेख्ने श्रीमानको पालनपोषण गर्ने खर्च जुटाउन पुगेको छ । उनीहरू दुम्सी लिएर सडक किनारमा निस्कन्छन् जहाँ पर्यटक घुम्न आउँछन् । पर्यटकले पनि प्रत्यक्ष दुम्सी हेर्न पाउँदा खुसी भएर उनीहरूलाई पैसा दिन्छन् । यस्तो अवसर दिएकोमा धन्यवाद भन्छन् । यसरी नै उनीहरू दैनिक एक हजार सम्म आम्दानी गर्छन् ।

यो आम्दानीले परिवार पाल्न मज्जाले पुगेको उनीहरूको भनाई छ । भन्छन्, ‘हामी दुम्सीलाई खानेकुरा दिन्छौ, उनीहरू हामीलाई पाल्छन् । हामी दुम्सी पाल्छौँ, तिनै दुम्सीले हामीलाई पाल्छन् ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics