मरुभूमिमा आएको भयानक आँधीले नदी नै बेपत्ता !

काठमाडौं – लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर डेर्नामा आइतबार आएको आँधीले विध्वंस मच्चाए छ । त्यहाँ १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । १० हजार भन्दा धेरै बेपत्ता छन् । ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

यो आँधीका कारण बाढीको हिलोमा पुरिएर यहाँको एक नदी नै हराएको छ । सुरुमा बाढीका कारण नदीको जलस्तर बढेको थियो । पछि किनारामा रहेका भवनहरु नदीमा खसे । बाढीमा आएको हिलो, ढुंगा तथा माटोसँगै अन्य विभिन्न खाले फोहोरका साथै भत्किएका भवनहरुले नदीको बहाव रोकिदिए । नदीको चारैतर्फ हिलोले पुरिएसँगै नदी नै बेपत्ता हुन पुग्यो ।

पूर्वी लिबियाका मन्त्री मोहम्मद अबुलमौसाले आँधीका कारण हाल सम्मकै ठूलो क्षति भएको बताए । लिबियाको सरकारी मौसम विभागले ड्यानियल तुफानको चेतावनी ७२ घण्टा अगाडि नै दिइएको जनाएको छ ।

स्थानीय मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको भएपनि सहरबासीले नटेर्दा ठूलो धनजनको क्षति भएको दाबी सरकारको छ ।

आइतबार देखि सोमबारको बीचमा त्यहाँ ४१४.१० मिलिमिटर पानी परेको थियो । समुद्रको पानीले बाढीको रुप लिएर सहरमा छिरेको थियो । जसका कारण बाँध र पुलहरु भत्किएका थिए ।

डेर्ना समुद्री तटीय सहर हो जहाँको जनसंख्या करीब ८९ हजार छ । तर आँधीको कारणले आएको सामुद्रिक बाढी तथा वर्षाका कारण एक्कासी आएको बाढी (फ्लास फ्लड) ले गर्दा त्यहाँका भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । सयौँ मानिसहरुको मृत्युपछि विभिन्न ठाउँहरुमा सामूहिक चिहान बनाउन थालिएको छ । – एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics