पृथ्वी तातिँदाको जोखिम : बढ्दै हिमपहिरो, आरोहीलाई खतरै खतरा
- नेचर खबर
काठमाडौं – हिमालय क्षेत्रमा बढेको हिमपहिरोका कारण आरोहीहरूको सुरक्षामा खतारा बढेको छ भने मृत्यु हुनेको संख्या पनि बढेको एक अनुसन्धानले देखाएको छ । उच्च उचाइमा पर्वतारोहण गर्दा हिमपहिरोको जोखिम हुन्छ । विज्ञ भन्छन्, ‘हिमाल आरोहणको मौसममा ग्लोबल हिटिङले खतरालाई बढाएको छ । यो क्रम तीव्र गतिमा भइरहेको छ ।
हालैको एक विश्लेषण अनुसार, विगत पाँच दशकमा हिमालय क्षेत्र ४,५०० मिटर (१४,७७० फिट) भन्दा माथिका चुचुरो चढ्ने क्रममा हिमपहिरोमा परी कम्तीमा ५६४ जनाले ज्यान गुमाएका छन् ।
८,००० मिटरभन्दा माथिका १४ चुचुरा र ६,००० मिटरभन्दा माथिका केही अन्य प्रमुख आरोहण चुचुराहरूमा सन् १८९५ देखि २०२२ बीचमा कम्तीमा १४०० पर्वतारोहीको मृत्यु भएको छ । जसमध्ये ३३ प्रतिशत हिमपहिरोका कारण भएका छन् ।
नेपालमा पर्वतारोहणको मौसमको इतिहासकार तथा पर्वतारोही एलन अर्नेटले सगरमाथा, आमा डब्लम, मनास्लु र धौलागिरी लगायतका लोकप्रिय चुचुराहरूमा हुने घातक हिमपहिरोको दर बढेको बताए ।
परम्परागत रूपमा मार्चदेखि मे सम्म मौसम सफा हुने अनुमान गरिन्छ । यसै समय धेरै आरोही हिमाल चुम्न चाहन्छन् । यो समय हिन्द महासागरमा चक्रवातको मौसमसँग मेल खान्छ, र हालसम्म यो ठूलो चिन्ताको विषय थिएन । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण पहिले सोचे जस्तो मौसम नहुन सक्छ । पृथ्वी तातिँदै जाँदा हिमपहिरो जुनै समय पनि खस्न सक्ने इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका जलवायु वैज्ञानिक अरुणभक्त श्रेष्ठले बताए ।
इन्डियन इन्स्टिच्युट अफ ट्रपिकल मेटियोरोलोजीका जलवायु वैज्ञानिक रोक्सी म्याथ्यू कोलका अनुसार हिन्द महासागरमा तीव्र गतिमा बढ्दो तापक्रमको प्रतिक्रियामा, मनसुन धेरै अनिश्चित भएको छ । भारी वर्षा र लामो सुख्खा अवधि हुनेगरेको छ । अरब सागरमा फ्रिक्वेन्सी, तीव्रता र अवधि बढेको छ, र ती दुबै अरब सागर र बंगालको खाडीमा द्रुत रूपमा तीव्र हुँदैछन् ।
हिमालयमा पर्वतारोहण अभियानका लागि मौसम पूर्वानुमानकर्ता क्रिस टोमर भन्छन्, ‘सन् १९९६ मा हामीले सगरमाथामा एउटा प्राकृतिक प्रकोप भोग्यौं । जसमा आठ पर्वतारोहीको हिमपहिरोमा मृत्यु भएको थियो । यसले बंगालको खाडीमा के भइरहेको छ भनेर विचार गर्नुपर्ने अवस्था नै सृजना गर्यो ।’ यस्तो अवस्था विगत ५ वर्ष यता सृजना भएको उनको भनाई छ । यो समस्या अन्नपूर्ण र सगरमाथालगायत मध्य हिमालयका लोकप्रिय चुचुराहरू बढी देखिन थालेको छ ।
विज्ञका अनुसार ताजा र भारी हिमपात हिमपहिरोको मुख्य कारण हो र यी पहाडहरूमा बेमौसमी आँधी आउँदा खतर्नाक हुन्सक्छन् र आरोहरणमा जोखिम बन्न सक्छन् । झण्डै दुई दशकदेखि हिमालय क्षेत्रको मौसम पूर्वानुमान गर्दै आएका टोमरले भने, ‘२० वर्षअघिको मौसम चुनौतीपूर्ण थिएन भन्ने होइन । तर, पछिल्ला दुई वर्षमा मनास्लु र धौलागिरीमा कति मात्रामा हिउँ परेको छ भन्ने कुरा गम्भिर हो । तिनीहरू पछिल्ला केही वर्षहरूमा सबैभन्दा चरम मौसमको साथ खडा छन् ।’
तापक्रम बढ्दा हिमस्खलनको जोखिम पनि बढेको छ । सन् २०२१ को एक अध्ययनले हिमस्खलनहरू थप घातक बनेको देखाएको छ । किनकी पहिलेका हिउँ मुनी थिचिएर रहेका भाइरसको संक्रमण पनि यहाँ फैलन सक्छ । हिमालका हिउँ मुनी वषौं देखि शवहरू पनि थिचिएका थिए । हिउँ पग्लिएपछि यसको प्रदुषण पनि बढ्ने विज्ञ अनुमान गर्छन् । जसकारण आरोहीमा श्वासप्रश्वासको समस्या हुन सक्छ । – एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस