खनिज इन्धन प्रयोग अन्त्यका लागि युवाको मार्च पास (फोटो फिचर)

काठमाडौं – युवाले खनिज इन्धन प्रयोगको अन्त्यका लागि ललितपुरमा शनिबार मार्च पास गरेका छन् । उनीहरूले जावलाखेलदेखि पाटन दरबार स्क्वायरसम्म मार्चपास गरेका थिए ।

खनिज इन्धनले जलवायु परिवर्तनमा नकारात्मक असर पारेको र यसले पृथ्वीलाई नै खतरामा पारेको भन्दै उनीहरूले दबाबस्वरुप मार्चा पास गरेको हुन् ।

विभिन्न संघसंस्थाले संयुक्तरूपमा आयोजना गरेको मार्च पासमा खनिज इन्धन अन्त्य गर्न माग गरेका थिए । नेपालमा तेलको पाइपलाइन होइन, उचित लाइफलाइन चाहियो भन्दै उनीहरूले नारा समेत लगाएका थिए ।

जलवायु जन परिचालन समुहले यस हप्ता विश्वभरि भइरहेको ऐतिहासिक जलवायु जन मार्च सुरु गरेको हो । सेप्टेम्बर १५ देखि १७ सम्म ७०० भन्दा बढी योजनाबद्ध जलवायु जन मार्च र कार्यहरूमा लाखौंले सामेल हुने अपेक्षा गरिएको छ ।

सेप्टेम्बर १७ तारिकको दिन न्यू योर्कमा राष्ट्रपति बाईडेनलाई नयाँ खनिज ईन्धन परियोजनाहरू अस्वीकार गरेर, खनिज ईन्धन उत्पादनलाई प्रतिस्थापन गर्न, र जलवायु आपतकालिन घोषणा गर्न साहसी जलवायु कारबाही मागका लागि खनिज इन्धन प्रयोगको अन्त्य गर्न यो मार्च हुने जलवायु जन मार्च काठमाडौंका आयोजक निश्चल खरालले बताए ।









नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics