सीजीले ल्यायो ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ योजना

 

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी ब्राण्डले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । ‘सीजीले घर सजाऔं खुशीले चाड मनाऔं’ भन्ने शीर्षकको साथ उक्त योजनाका ल्याएको हो ।

"सीजीले घर सजाओं खुशीले चाड मनाऔं" शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरु दिनेछ । सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्नेछन् ।

यो पर्व सीजी ब्राण्डको कुकिंग सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुनेछ । सिमित समयको लागि दिइएको यस योजना नेपाल अधिराज्यभर लागू गरिएको छ । यस योजनाका अन्य  आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ०% नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यो योजनाका आर्कषणहरु र थप जानकारीका लागि क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।

यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुनेछ थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सकिनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics