एनसेलको १८ औं वार्षिकोत्सवको नारा ‘हामी तपाईंकै लागि’

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ।  १८ औं वार्षिकोत्सव मनाउँदै एनसेलले 'हामी तपाईंकै लागि' नारा समेत सार्वजनिक गरेको छ।यस नारा अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ।



एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाड्नका लागि आकर्षक अफर पनि ल्याएको छ। प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन्। यस अफरमा *१७११७ # डायल गर्नुपर्ने छ। डायल गरेपछि ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न सक्ने छन्।

दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन्। प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्। साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ।



यसबाहेक आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईं कै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ। यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ।



यसका साथै एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ। यस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ।

ईच्छुक संस्थाहरुले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैयाँ प्रदान गर्नेछ। यस पहलको थप जानकारी एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। वार्षिकोउत्सवकै अवसरमा 'हामी तपाईंकै लागि' नारा अनुरुप एनसेलले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सिइओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics