आइएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा ‘एकको डबल’अफर

काठमाडाैं । डिजिटल वालेट ‘आईएमई पे’ ले असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा (विहान ९ देखि ११ सम्म र साँझ ६ बजे देखि राति ८ बजे सम्म) एउटा अल्टिमा अटो ५२० वा अल्टिमा अटोम ३२० इयरबड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ। साथै, अन्य अल्टिमाका गजेट्सहरुमा आईएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाईसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आईएमई पेका सीईओ प्रविन रेग्मीले दिएका छन्।

लेखकको बारेमा
नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics