अप्सराजस्तै नायाग्रा फल्स ! (हेरौं ११ तस्बिर)

काठमाडौं – सबै स्थानको महत्व आ–आफ्नै हुन्छ । विशिष्ट सौन्दर्य हुन्छ । प्रकृतिले आ–आफ्नै पाराको सौन्दर्यले सिँगारेर सजाएको छ, हरेक स्थानलाई । यस्तै एक स्थान हो–अमेरिका र क्यानाडाको सीमामा रहेको विश्वप्रसिद्ध छहरा ‘नायाग्रा फल्स’ ।

नायाग्रा फल्सको पर्यटकीय आकर्षण कति प्रबल छ भने यहाँ देश–विदेशबाट आउने पर्यटकको भिडले बताउँछ । नायाग्रा फल्स कुनै समय अमेरिकामा ‘हनिमुन गन्तव्य’ का रूपमा प्रख्यात थियो । अहिले विश्वका घुम्न लायक स्थान मध्येकै एक हो ।

नायाग्रा फल्स तीनवटा विशाल झर्ना अमेरिका फल्स, ब्राइडल भेल फल्स र हर्स सु फल्स मिलेर बनेको छ । यसमा बग्ने पानी अप्पर ग्रेस लेक्स (लेक एरी र लेक ओन्टारियो) बाट प्राप्त हुन्छ । यस्तै विषेशता बोकेको नायाग्रा फल्समा पुगेपछि नेचर मिडिया नेटवर्कका कुलप्रसाद चापागाईले खिचेका ११ तस्बिर ।



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics