एनएमबी बैंकले ल्यायो अत्याधुनिक ‘डिजी स्टेशन’ सञ्चालनमा

 

एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक "डिजि स्टेशन" को सुरुवात गरेको छ । "डिजि स्टेशन" ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्व:चालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ ।

"डिजि स्टेशन" को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ । आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

बैंकले प्रथम चरणको डिजि स्टेशनको सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि सञ्चालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रूपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ । आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics