१८औं वार्षिकोत्सवमा एनसेलको ‘बजार जाऔं’ कार्यक्रम

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔँ’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ।

यस कार्यक्रमअन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरुलगायत अन्य कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरुका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा बिक्रेताहरुसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए। ‘बजार जाऔँ’ ग्राहकका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धताअनुरुप आयोजना गरिएको कार्यक्रम हो।

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाइँकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

नेपाली आमउपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्रा बिक्रेताका पसलहरुमा भ्रमण गरेका थिए। भ्रमणका दौरान ग्राहकसँग अन्तरक्रिया गरी उनीहरूका समस्या समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिईएका थिए।‘ग्राहकप्रतिको हाम्रो प्रतिबद्घताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ। ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौँ र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरु केही भए त्यसबारे बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ। त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरु परिपूर्ति गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ। त्यसैले हामी सबैले वार्षिकोत्सव मनाउँदै बजार केन्द्रित बन्ने अभियानमा सहभागी भयौँ। बजार–केन्द्रित मानसिकता हामी सबैमा रहन आवश्यक छ। हाम्रा ग्राहकसँग यसरी भेट्ने क्रमलाई हामी निरन्तरता दिने छौँ।

बजार भ्रमणका बेलामा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्त अधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ–आफ्नो तोकिएका क्षेत्रहरुमा गरी देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढी खुद्रा बिक्रेताहरुका पसल.पसलमा पुगेका थिए। साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रतक्ष्य अन्तर्क्रिया गरी मायाको चिनोसमेत वितरण गरेका थिए।

‘हामी तपाइँकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन्। त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकसँग अन्तर्क्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमणलगायत छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics