ललितपुर महानगरसँगको सहकार्यमा बागमती करिडोरमा एनसेलको वृक्षारोपण

काठमाडौं - एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवका अवसरमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् ।

यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने तथा कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य पूरा गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ मा ललितपुर महानगरपालिका वडा नम्बर १ स्थित बागमती करिडोर सडकको दायाँबायाँ २ सयभन्दा बढी रुख रोपिएका छन् ।

एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रिङरोडको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा मर्मतसम्भार गर्दै आएको छ ।

एनसेलले सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको योगदान गरिसकेको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics