टाटाको नयाँ शोरुम चितवनमा, टियागो इभी र पन्चको बिक्री सुरु

चितवनको भरतपुरमा टाटा मोटर्सको नयाँ शोरुम सञ्‍चालनमा आएको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्‍चालनमा ल्याएको हो। ३ हजार ५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा छ। यहाँ टाटाका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।



सोही कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नयाँ गाडीहरुको बिक्री भरतपुरमा सुरु भएको छ। कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिजापतिले भने, ‘टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्‍चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ। ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्‍चालनले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्‍वस्त छौँ।’

सोरुम संचालनमा आएसंगै नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभीको विक्रिवितरण भरतपुरमा सुरु भएको छ। कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।

‘टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं’ सिजापतीले भने । सिप्रदीले केहीदिन पहिले सम्पन्न नाडा अटो शोमा टियागो ईभी र पन्च माइक्रो एसयूभीलाई लन्च गरेको थियो । टियागो ईभीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम, अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभर” रेञ्ज अन्तर्गतको पन्चमा मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा जस्ता विशेषताहरु पाउन सकिन्छ । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभीका रुपमा पनि परिचित रहेको कम्पनीको भनाई छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics