असोज १० देखि ललितपुरमा जुत्ता -चप्पल मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौँ - ललितपुर जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । दसैंको अवसर पारेर जावलाखेल खेल मैदानमा हुन गइरहेको मेला कात्तिक ३ गतेसम्म चल्ने आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ । आइतबार एक कार्यक्रमबीच मेलाबारे जानकारी गराइएको हो ।


‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित हुन गइरहेको मेलामार्फत स्वदेशी जुत्ता चप्पलहरु परिचित गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

‘आम उपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त रुची जगाउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


मेलामा रोयल सुज इन्डस्ट्रिज, बीएफ डियर हिल तथा स्पोर्टस्, लालिगुराँस फुटवेयर (क्रस रोड), शुभकामना फुटवेयर (फास्ट वाक सुज), नमस्ते फुटवेयर (सिल), आरडी कलेक्सन (हाई लाइफ), केटीएम सुज, डीजे सुज, फुट फेसन (बेली सुज), उत्सव तथा कोसेली सुजका ब्राण्डहरुको सहभागिता रहनेछ ।

मेलामा ३ हजारभन्दा धेरै मोडल तथा डिजाइनका जुत्ता, चप्पलहरु उपलब्ध हुने बताइएको छ । मेलामा २० देखि

५० प्रतिशतसम्म छुट दिइने र निशुल्क प्रवेशको व्यवस्था गरिएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics