होण्डाले ल्यायो आकर्षक ‘दशैंमा दश लाख’ जित्ने उपहार योजना

काठमाडौं - होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् ।

साथै, कम्पनीले ग्राहकहरुलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु १ फाइनान्स योजना’ मा पनि यो ‘दशैमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कूटरको हकमा आएको यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics