सुजुकीकाे दसैं-तिहार अफरः १० हजार नगद छुट देखि सुनको सिक्का सम्म

काठमाडौं–सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता भिजि अटोमावाइल्स प्रालिले ग्राहकहरुका लागि ‘बाडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।

कम्पनीले दसैं तिहार र छठको उपलक्ष्यमा सो स्किम ल्याएको हो । उक्त अफर अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खदिरमा १० हजार रुपैयाँसम्म छुट पाउने भएका छन् ।
त्यस्तै, कुनै पनि पुराना सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार र अन्य कुनै ब्राण्डको पुराना मोटरसाईकल एक्सचेञ्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् । साथै, शून्य फाइनान्सको सुविधा सहित ग्राहकलाई एक वर्षको रोड ट्याक्स फ्रि हुने कम्पनीले जनाएको छ ।

उक्त स्किमअन्तर्गत १५ दिनमा लक्कि ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ । बीएससीक्स इन्जिनका साथै एसईपी टेक्नोलोजी, पावर, स्टाइल, कम्फर्ट, ५ वर्ष वारेन्टी र अन्य फिचर भएकाले ग्राहकहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics