धादिङ केन्द्र भएर भूकम्प

काठमाडौँ - धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का धादिङ, नुवाकोटलगायतका पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ।

भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी आएको छैन।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics