सौराहाकाे बाघमारामा हात्तीसँग रमाउँदै पर्यटक (तस्बिरहरू)

काठमाडौं- चितवनको सौराहास्थित बाघमारामा दैनिकै जस्ताे पर्यटहरु जाने गर्दछन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू हात्ती चढेर जङ्गलमा सफारी गर्न, डुङ्गामा सेयर गरी मनोरञ्जन गर्न र बाघमारामा हात्तीसँग रमाउन जाने गर्छन् ।

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाउँ छ । नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि यसलाई मान्ने गरिन्छ । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहाको बाघमारामा रहेको सानो बुढी राप्ती खोलामा हात्तीलाई सरसफाइ गर्दै गरेका माउतेहरूका तस्बिर पनि यहाँ समावेश गरिएका छन् । तस्बिर : प्रदीपराज वन्त/रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics