ताप्लेजुङ सदरमुकाम नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा
- नेचर खबर

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।
फुङ्लिङ नगरपालिका स्थित ऐस्वर्य चौक नजिकैको जंगलमा आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन ।
जंगलमा कति क्षति भयो भन्ने विषयमा भोली मात्रै विस्तृत अध्ययन गरिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । हिउँदे वर्षा नभएको र खडेरी लम्बिएकाले जिल्लामा आगलागीको जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस