आयटाले दियो निगमलाई प्रमाणपत्र

काठमाडौं — नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ सेवाको गुणस्तर प्रमाणीकरण नवीकरण भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)ले गुणस्तर प्रमाणीकरण नवीकरण गरेको हो ।

अब निगमको आयटा सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो) प्रमाणीकरण थप दुई वर्षका लागि भएको छ ।

निगमले सन् २०१६ मा पहिलोपटक (आइसागो) प्रमाणीकरणपत्र प्राप्त गरेको थियो । यही प्रमाणीकरणका आधारमा निगमले काठमाडौंमा विदेशी वायुसेवाहरुको ग्राउन्ड ह्याण्डलिङ गर्दै आएको छ ।

यसअघि २०८० पुसमा हिमालय एयरलायन्सलाई आयटाले यात्रु सेवातर्फ आइयोएसए प्रमाणीकरण गरेको थियो ।

यात्रुलाई सुरक्षित, भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरु पालना गरेकाले हिमालयलाई इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोशिएसन (आयटा)ले आइओएसए प्रमाणपत्र दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics