एनआईसीले बढायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं – एनआईसी एशिया बैंकले ब्याजदर बढाउने भएपछि सेवाग्राही खुसी भएका छन् । सबै बैंकले जनतालाई दिने ब्याजदर घटाउदा एनआईसी एसिया ब्याजदर बढाउने एक्लो बैंक बनेको हो । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको हो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि वृद्धि गरेको छ । फागुन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले चैत महिनाका लागि भने ७.५४८ प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ७.२०० प्रतिशत र १२ महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ७.५४८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बैंत महिनाका लागि एनआईसी एशियाले ब्याजदर बढाउँदा २० वाणिज्य बैंकमध्ये १७ वाणिज्य बैंकहरूले भने ब्याजदर घटाएका छन् । चैतमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics