सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गरेको लाभांश पारित गर्दै

काठमाडौं – सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले साधरण सभा बोलाएको छ । गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले चैत २७ गते २७औं वार्षिक साधरण सभा बोलाएको हो ।

कम्पनीको सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित ५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यसैगरी, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।

कम्पनीले साधरणसभा तथा लाभांश प्रयोजनका लागि चैत १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार चैत १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics