एभरेष्ट बैंकले ‘ग्लोबल मनि विक २०२४’ कार्यक्रममा दियो वित्तीय शिक्षा

काठमाडौं – एभरेष्ट बेैंकले चैत ५ देखि सप्ताव्यापी अभियान अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रमहरू गरेको छ । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि ग्लोबल मनी वीक २०२४ को उपलक्षमा यो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरूमा वित्तीय शिक्षाको महत्त्व बुझाएको छ ।

उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकले जनाएको छ । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ रहेको छ ।

यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics