ताप्लेजुङमा हुने बृहत् र्‍यालीको नारा : ‘खुसी हुनेछन् भावी सन्तती, केबलकारले विनास गर्दैन प्रकृति’

काठमाडौं – ताप्लेजुङ जिल्लाको विकास, समृद्धी र पहिचानका लागि पाथीभरामा मन्दिरमा केबलकार निर्माण आवश्यक रहेको भन्दै शनिबार हुने बृहत् नागरिक र्यालीको तयारी पुरा भएको छ ।

सदरमुकाम फुङ्लिङमा विहान ११ बजेबाट सुरु हुने र्यालीका लागि प्लेकार्ड र झण्डा तयार भएको र्याली संयोजक राजेन्द्र अन्छङ्बोले जानकारी दिए ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागी हुन गाउँ–गाउँबाट सदुमुकाम आउने क्रम सुरु भएको छ भने सदरमुकाम बासीले पनि आ–आफ्नो स्थानबाट तयारी गरिरहेको स्थानीय बताउँछन् ।

सो बृहत् र्यालीमा जिल्लाका सबै जात–जाती, राजनीतिक दल, नागरिक समाज, बद्धिजीवि, स्थानीय जनप्रतिनिधि, सामाजिक र जातीय तथा धार्मीक संघ–संस्थाका प्रतिनिधि, शिक्षक, उद्योगी, व्यापारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहने बताइएको छ ।

सदरमुकाम स्थित सामुदायिक भवन (सिटिहल)मा विहान ११ बजे सबै भेला भएर र्याली सुरु गरिने आयोजकले जनाएको छ ।

सो र्यालीमा बोक्ने प्लेकार्डमा के के लेखिएका छन् ? हेरौं फोटोमा ।








नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics