‘डढेलो निभाउँदा निधन भएका सेनालाई वन संरक्षण सहिद घोषणा गरौं’

काठमाडौं – नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्णले डोल्पाको ठूलोभेरी नगरपालिका –३ को वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाएका नेपाली सेनालाई वन संरक्षण सहिद घोषणा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले मृतकप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘डोल्पा दुनैको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ४ जना घाइते सैनिक मध्ये ३ जनाको मृत्यु भएको खबरले मर्माहत भएको छु । वन डढेलो निभाउने क्रममा सहादत प्राप्त सैनिकप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै घाईते सैनिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । सहादत सैनिकहरुलाई वन संरक्षण सहिद घोषणा गर्न माँग गर्दछु ।’

सोमबार लागेको डढेलो निभाउने क्रममा ४ सैनिक घाइते भएका थिए । त्यसमध्ये एक जनाको सोमबार नै निधन भएको थियो भने दुई जनाको उपचारका क्रममा मंगलबार निधन भएको छ । एक जनाको उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics