काठमाडौं विश्वकै प्रदूषित सहरको १ नंबरमा
- नेचर खबर

काठमाडौँ - काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको छ ।
विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ ।
काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ । त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ ।
प्रतिक्रिया दिनुहोस