लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदनमा के छ ?

काठमाडौं - लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको छ । वातावरणीय उत्तरदायित्वको प्रतिबद्धता अनुसार बैंकले सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको हो।

यो प्रतिवेदनले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५,९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ।

जसमध्ये सवारी साधन कर्जामार्फत ३,६४४.५१ टन र आवासीय मार्फत १२,३२०.६० टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन भएको छ।

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ)सँग सन् २०२१ देखि आवद्ध हुँदै आएको छ। यो वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो।

जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रीन हाउस ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics