ताप्लेजुङको विपद्मा सरकार गम्भिर भएन : सांसद् उर्मिला थेबे

काठमाडौं – नेकपा एमालेकी सांसद् उर्मिला थेबेले ताप्लेजुङका बाढी पहिरो पीडितका लागि सरकारबाट राहत र पुनस्थापनाको प्रतिवद्धता आए पनि काम नभएको भन्दै सरकारको पुनः ध्यानाकर्षण गरेकी छन् ।

प्रतिनिधिसभाको विहीबार बसेको बैठकमा बोल्दै उनले ताप्लेजुङमा भएको प्राकृतिक विपद्को विषयमा जिल्लाका जनप्रतिनिधिले गृहमन्त्रीलाई नै भेटेर धयानाकर्ष गराए पनि हाल सम्म संघीय सरकारबाट केही पहल नभएको बताइन् । उनले अहिले जिल्लाका पीडित सरकारको बाटो हेरेर कुरिरहेको बताइन् ।

उनका अनुसार लगातारको वर्षाका कारण आएको पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ भने लिङखिम, खेजेनिम, सावादिन, तापेथोक, इखाबु, लेलेप लगायतका ठाउँहरूा उच्च जोखिममा छन् ।

तमोरखोला क्षेत्रको ठूलो बजार सिंवा बजार पनि बाढी र पहिरोको उच्च जोखिममा रहेको उनको भनाई छ । त्यस्तै सिरिजङाको तेल्लोक, सिनाम मामांखे,याम्फुदिन, पेदाङ लगायतका क्षेत्रहरू पहिरोको चपेटामा परेका छन ।

मामांखेमा रहेको लिम्बू संग्रहालय, याम्फुदिनमा रहेको कंचनजङघा आधारभुत विद्यालय, स्वास्थ्य चौकीमा बाढी पहिरोले क्षती पुर्याएको छ भने मामांमा ४३ घरधुरी विस्थापित भएका छन् । यहाँका ५÷६ घर सुकुम्बासी बनेका छन् ९ घर परिवार दुबै तिर पहिरो भएर अर्को गाउँ निस्कन सकेका छैन । त्यस्तै सिदिङ्वामा ८ घरधुरी विस्थापित भएका छन् ।

जिल्लाको मिक्वाखोला गाउँपालिका, फुङलिङ नगरपालिकाका केही वडाहरू पहिरोको उच्च जोखिममा छन् । बाढी र पहिरोबाट विद्यालय, बाटो, काठेपुल, झोलुङे पुल र पक्की पुल बगाउनुका साथै सवारी आवागमन बन्द भए सँगै उक्त क्षेत्रमा खाद्यान्नको हाहाकार भएको छ ।

उनले ताप्लेजुङ मात्र नभएर हिमाली तथा पहाडी जिल्लाहरूमा विपद्का घटना धेरै हुने भएकाले पूर्व तयारीमा गम्भीर भएर सरकार लाग्ने पर्ने बताइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics