गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार ताप्लेजुङका गुरागाईंलाई

काठमाडौं – गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कारबाट यस वर्ष ताप्लेजुङका फरेस्टर माधव गुरागाईंलाई सम्मान गरिएको छ ।

सामुदायिक वन दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गुरागाईंलाई नगद १ लाख रुपैयाँ र प्रमाणपत्रले सम्मान गरे ।

वन स्थापना, संरक्षण, संवर्द्धन, दिगो विकास, वातावरण सन्तुलन तथा जैविक विविधताको संरक्षणमा पुर्याएको योगदानको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

गुरागाईं डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत छन् । मन्त्रालयले नेपालको वन संरक्षण, विकास र व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई हरेक वर्ष यस पुरस्कार प्रदान गर्दै आएको छ ।

तत्कालीन जिल्ला वन कार्यालय ताप्लेजुङमा कार्यरत वनरक्षक गणेशबहादुर शाहीको २०७३ पुस ३ गते कार्यक्षेत्रमा खटिएको अवस्थामा हत्या भएको थियो । शाहीको स्मृतिमा वन तथा भूसंरक्षण विभागले २०७५ सालमा उक्त पुरस्कारको स्थापना गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics