ताप्लेजुङको सिवामा पहिरोमा परेकी घाइते महिलाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा फक्ताङ्लुङ गाउँपालिका स्थित सिवामा पहिरोसँगै आएको ढुङगाले लागेर गम्भिर घाईते भएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका ३ तावाकी २६ वर्षीया महिला निर्मला गुरुङ रहेकी छन् । यस अघिको समाचारमा गाउँपालिकाले घाइते हुनेमा बालिका रहेको उल्लेख गरेकाले हामीले समाचारमा सोही उल्लेख गरेका थियो । यसलाई सच्याइएको छ ।

गुरुङ सदरमुकाम फुङलिङबाट घर फर्कने क्रममा शनिबार दिउँसो करिब साढे २ बजे रोकिराखेको मे १ ज १३६२ नम्बरको पिकअपमा माथिबाट पहिरोसँगै आएको ढुङगाले लागेर गम्भिर घाईते भएकी थिइन् ।

घाईते गुरुङलाई सिवाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी सिवाको स्वास्थ्य चौकीमा प्राथमिक उचापर पश्चात थप उपचारको लागि साँझ जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पताल ल्याउन सात चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका ३ खेसेवामा पहिरोले सडक सामान्य अबरुद्ध गरेपछि पन्छाउन चालकसहित यात्रुहरू बाहिर निस्किएका थिए । मृतक गुरुङ भने गाडी भित्रै रहेको समयमा अचानक पहिरोसँगै माथिबाट झरेको ढुङगाले लागेर टाउकोमा गम्भिर चोट लागेको थियो । गाडीमा सवार अन्य यात्रुहरू भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics