…जब चिडियाखाना भित्र पनि साङ्लोमा बाँधिए दुर्लभ हात्ती ‘शंकर’

‘हात्तीको पनि त मन हुन्छ’

काठमाडौं – भारतको राजधानी दिल्लीस्थित चिडियाखानामा २९ वर्षीय हात्ती ‘शंकर’ आफ्नो कान हल्लाउँदै घाँस चबाइरहेको छ । तर, उसको खुट्टामा साङ्लोले बाँधिएको छ । ऊ चिडियाखानामा भएर पनि बाँधिन बाध्य छ । सजाय माथि सजाय भोगिरहेको छ ।


तत्कालीन राष्ट्रपति शंकरदयाल शर्मालाई सन् १९९६ मा जिम्बावेबाट कूटनीतिक उपहारस्वरूप हात्ती ‘शंकर’ लाई दिइएको हो । तर, अहिले यो उपहारमा पाएको हात्तीले दुःख पाएपछि उक्त चिडियाखानाको आलोचना मात्रै भएको छैन । चिडियाखाना कार्बाहीमा नै परेको छ ।


शंकरलाई गरेको यो व्यवहारकै कारण चिडियाखाना र एक्वैरियमको विश्व संघ (वाजा) ले दिल्लीको राष्ट्रिय प्राणी उद्यान (चिडियाखाना) को सदस्यता ६ महिनाका लागि निलम्बन गरेको छ । क्षेत्रीय संघहरू, राष्ट्रिय संघहरू, चिडियाखानाहरू र एक्वैरियमहरूको विश्वव्यापी गठबन्धन हो ।


यस संस्थाबाट निलम्बनमा परेका कारण यसका सदस्यहरूले सम्बन्धित सम्मेलनमा भाग लिन पाउँदैनन् । धेरैले यो निलम्बनलाई प्रतिष्ठाको हानिको रूपमा हेरिरहेका छन् । हात्ती ‘शंकर’ बाहेक अफ्रिकी हात्ती रिची मैसूर चिडियाखानामा बस्दै आएको छ ।


‘नयाँ दिल्लीको राष्ट्रिय चिडियाखानालाई हाम्रो आचार संहिता उल्लङ्घन गरेकोमा ६ महिनाको लागि निलम्बन गरिएको छ,’ वाजाले भनेको छ ।


केन्द्रीय चिडियाखाना प्राधिकरण र दिल्ली चिडियाखानाका निर्देशकलाई लेखेको पत्रमा, वाजाले दिल्ली चिडियाखानामा अफ्रिकी हात्तीलाई महिनौंदेखि बाँधेर राखिएको थियो कि ? भनेर प्रश्न गरिएको छ । यसलाई चिडियाखानाका अधिकारीहरूले अस्वीकार गरेका छन् । तर, हात्ती भने बाँधेर नै राखिएको थियो ।


सन् २०१७ को तथ्यांक अनुसार भारतमा ३० हजार हात्ती छन् । यीमध्ये धेरै हात्ती पर्यटकहरूलाई आकर्षित गर्न र सवारीमा लैजान प्रयोग गरिन्छ । भर्खरै एउटा पत्रिकामा अप्रकाशित प्रतिवेदनलाई उद्धृत गर्दै विगत ५ वर्षको तुलनामा हात्ती २० प्रतिशतले घटेको दाबी गरिएको थियो ।

शंकर साङ्लोबाट कहिले होला मुक्त ?
वातावरण, वन तथा जलवायु परिवर्तन राज्यमन्त्री कीर्ति वर्धन सिंहले केहीदिन अघि शंकरलाई बाँधेको चिडियाखानाको भ्रमण गरेपछि, उनले पशु चिकित्सक र हात्ती हेरचाहकर्तासँग छलफल गरेका थिए । उनले भने, ‘शंकरको स्वास्थ्यमा थप सुधार गर्ने उपायबारे पनि विस्तृत छलफल भएको थियो । त्यसका लागि योजना पनि तयार पारिएको छ ।’


सरकारले हात्तीको हेरचाह गर्नेलाई तालिम दिन र हात्तीको आहार योजना तयार गर्न विज्ञहरूलाई सल्लाह दिएको छ । शंकर क्रोधित भए पर्खाल भत्काउन थालेपछि उनलाई साङ्लोले बाँधेको जबाफ मन्त्रीले त्यहाँ पाएका छन् ।


शंकरलाई भेट्न वन्ताराको टोली पनि पुगेको थियो । वन्तारा गुजरातको जामनगरमा रहेको हाइ–टेक चिडियाखाना हो, जसका संस्थापक उद्योगपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी हुन् । उनीहरूको बैठकमा खाना र शंकरको हेरचाह गर्ने बारे पनि छलफल भएको थियो ।

शंकरको चिडियाखाना सम्मको यात्रा
शंकर एक दुर्लभ अफ्रिकी हात्ती हो । जसको ठूला पंखाको आकारको कानले उसलाई अन्य एसियाली हात्तीहरू भन्दा फरक पार्छ । उनी सधैं एक्लो थिएनन्, शंकरकी एक साथी थिइ, जसको नाम बम्बे थियो र बम्बको २००५ मा मृत्यु भयो ।


चिडियाखानाका अधिकारीहरूका अनुसार आफ्नी महिला साथीको मृत्युपछि शंकरलाई भारतीय हात्तीको बथानमा राखिएको थियो, जहाँ एक महिला हात्तीले उनको आमाले जस्तै हेरचाह गरिन् । तर, जब उनी वयस्क बने र ‘मस्ता’ को शिकार भए । अन्तर्राष्ट्रिय कानूनले क्रस–प्रजातिको मिलन निषेध गरेकोले उनलाई प्रजननबाट रोकिएको थियो ।


मन्त्रालयले बोत्सवाना सरकारलाई सम्पर्क गरी शंकरको लागि साथीको खोजीमा हात्ती दान गर्न अनुरोध गरेको थियो । दिल्ली चिडियाखानाका निर्देशक डा. सञ्जित कुमारले शंकरलाई साथी र सहयात्री पाउनका लागि आफू अन्य देशसँग पनि सम्पर्कमा रहेको बताउँछन् ।


उनी भन्छन्, ‘हामी अहिले उनीहरूसँग कुरा गर्दै जानकारी आदानप्रदान गरिरहेका छौं । हामीले बोत्सवाना र जिम्बाब्वेका सरकारहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।

शंकरको लागि भएको थियो आन्दोलन
रिपोर्टहरूका अनुसार चिडियाखाना र एक्वैरियमहरूको विश्व संघ (वाजा) ले भारतको केन्द्रीय चिडियाखाना प्राधिकरण (सीजेडए) लाई नोभेम्बर ३ सम्ममा ‘पशु कल्याण लक्ष्यहरू २०२३’ पालना नगरे आफ्नो सदस्यता रद्द गर्न सक्ने चेतावनी दिएको थियो । ‘पशु कल्याण लक्ष्यहरू २०२३’ मा जनावरहरूको कल्याणका लागि तोकिएका मापदण्डहरू कार्यान्वयन र लागू गर्ने समावेश छ ।


शंकरलाई बचाउन आन्दोलन सुरु भएको यो पहिलो पटक होइन । यसअघि एनजीओ ‘युथ फर एनिमल्स’की संस्थापक निकिता धवनले शंकर वर्षौंदेखि आइसोलेसनमा बसेको आरोप लगाउँदै दिल्ली उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।


उनको अपीलमा शंकरलाई चिडियाखानाबाट निकालेर सुरक्षित स्थानमा राख्न भनिएको थियो । तर, अदालतले यो भारतको हो र यहाँ हेरचाह हुनेछ भनी अनुमति दिएन । अफ्रिकी हात्तीहरू वयस्क भएपछि आफ्नो अधिकांश जीवन एक्लै बिताउँछन् । त्यसैले शंकरको एक्लै हुनु कुनै समस्या होइन ।


सन् २०२३ मा २९ वर्षीय हात्ती मुथुलाई कथित दुव्र्यवहारका कारण गृहदेश फर्काइएको थियो । यो हात्ती सन् २००१ मा थाई राजपरिवारले श्रीलंकालाई उपहार दिएको थियो ।


यसैबीच, अक्टोबर ११ को साँझ, केन्द्रीय राज्यमन्त्री कीर्तिवर्धन सिंहले शंकरलाई चेनबाट मुक्त गरिएको जानकारी दिएका छन् । उनले एक्समा एक पोस्टमार्फत यो जानकारी दिएका हुन् ।


उनले लेखेका छन्, ‘विगत ४८ घण्टादेखि उनको स्वास्थ्य, खानपान र व्यवहारलाई चिडियाखानाको टोली भान्तारा जामनगर गुजरात, विशेष गरी उनको टोलीका नीरज, यदुराज, दक्षिण अफ्रिकाका हात्ती विशेषज्ञ डा एड्रियन र फिलिपिन्सका माहुत माइकल पेनीले नजिकबाट निगरानी गरेका थिए ।’ शंकरको व्यवहारमा निकै सुधार आएको उनले बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics