आखेटोपहार जलाउदा देखिए १२ रोचक पक्ष ..

मुलुकका विभिन्न स्थानबाट तस्करी हुने क्रममा बरामद गरी टिकौलीस्थित सशस्त्र वन तालिम केन्द्रमा राखिएका ४८ प्रजाती ४ हजार थान वन्यजन्तुका अंग एकैपटक जेठ ८ गते चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरास्थित् नेलाी सेनाको खेल मैदानमा जलाइयो । गैंडा, बाघ, हात्ती लगायतका वन्यजन्तुको अंग ५ घन्टामा नै खरानीमा परिवर्तन भयो । आखेटोपहार जलाउने क्रमको केही १० रोचक दृष्य ।
१.हिन्दु परम्परा अनुसार पुजा
आखेटोपहार जलाउनु भन्दा अघि १ पुरोहितद्धारा हिन्दु परम्परा अनुसार पुजाआज गरिएको थियो ।


२.भिआइपिलाई मात्र पञ्चामृत
वनमन्त्री, वातावरणमन्त्री, पराष्ट्रमन्त्री, योजना आयोगका सदस्य, अमेरिकी राजदुतलगायत विशिष्ट व्यतिलाई पंचामृत खुवाईएको थियो ।
३.परराष्ट्रमन्त्रीले दिए दागवती
पररष्ट्रमन्त्री प्रकाशशरण महतले आखेटापहरामा दागवती दिएका थिए । वनमन्त्री शंकर भण्डारी र वातावरणमन्त्री जयदेव जोशी तथा वनराज्यमन्त्री दीर्घराज भाट समारोहमा सहभागी थिए ।


४.मन्त्रीहरुको फोटोसेसन र सेल्फी
आखोटपहार जलिरहदा सर्वसाधारणसंगै मन्त्रीहरुले पनि आखेटोहारलाई पृष्ठभुमीमा राखेर फोटो सेसन र सेल्फी खिचे ।


५. भिआइपी हेलिकोप्टरमा सरर....
आखोटपहार जलाउनकै लागि मन्त्रीहरु नेपाली सेनाका दुई हेलिकोप्टर चढेर चितवन निकुञ्जको कसरा पुगेका थिए ।


६.अन्तराष्ट्रिय मिडियालाई विशेष ग्राह्यता
आखोटपहार जलाउदा विदेशी संचारमाध्यमलाई मात्र नजिक गएर फोटो खिच्न अनुमति दिएको थियो ।
७.सय जनाले बनाए आखेटोपहार जलाउने भट्टी
आखेटोपहार जलाउन विशेष किसिमको भट्टी तयार पारिएको थियो । इटा र फलाम प्रयोग गरी बनाइएको भट्टी बनाउन नेपाली सेनाका सय जवानले तीन दिन काम गरेका थिए ।



८.४ सय बढीलाई भोज
आखेटोपहार जलाईसकेपछि उपस्थित स्थानिय, विज्ञ, कर्मचारी, पत्रकारलगायत करिब ४ सयलाई मासु भातसहितको भोज पनि खुवाइएको थियो ।

९.उपस्थितले भने ‘मलामी भईयो’

उपस्थित सबैले रमाईलो गर्दै भनिरहेका थिए, आखेटोपहारको मलामी भईयो । मलामी आएर पनि मासु र भात खाइयो भन्दै हसिमजाक चलेको थियो ।

१०. घन्टामा सबै खंग खरानी
बिहान करिब १० बजे देखि जलाउन थालिएको आखेटोपहार २ बजेसम्ममा खरानी बनेका थिए ।
११.खरानी गाडियो खाडलमा
आखेटोपहार जलेर बनेको खरानी निकुञ्जको कार्यालयको पूर्वपट्टी खाडल बनाएर पुरिएको छ ।


१२. खरानी माथि स्मारक
खरानी गाडिएको स्थानमा वन्यजन्तु स्मृति स्मारक बनाइने निकुञ्ज विभागले जनाएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics