जलवायु परिवर्तन सम्बन्धि बहुचर्चित पेरिस सम्झौता नेपालीमा
- नेचर खबर
जलवायु परिवर्तन सम्बन्धि बहुचर्चित पेरिस सम्झौता नेपालीमा उपलब्ध भएको छ । प्रस्तुत छ सम्झौताको नेपाली अनुवाद :
जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौता
कानून किताव व्यवस्था समितिबाट अनुवाद भई व्यवस्थापिका संसदबाट मिति २०७३/०६/१८ गते अनुमोदित पेरिस सम्झौताका पक्षहरु,
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (यसपछि“महासन्धि” भनिएको) को पक्ष हुदै,
महासन्धिका पक्षहरुकोसम्मेलनकोसत्रौं सत्रकोनिर्णय नं. १/सीपी.१७ ले स्थापित गरेको अभिबृद्ध कार्यका लागि डर्बान कार्य योजना (प्लेटफर्म) बमोजिम,
महासन्धिको लक्ष्य प्राप्तिका लागि र फरक–फरक राष्ट्रिय परिस्थितिको सन्दर्भमा समन्याय र साझा तर भिन्न दायित्व सम्बन्धी सिद्धान्त लगायतका महासन्धिका सिद्धान्त तथा आ–आफ्ना क्षमता समेतबाट निर्देशित हुँदै,
उपलब्ध सर्वोत्तम वैज्ञानिक ज्ञानका आधारमा जलवायुपरिवर्तनको तात्कालीन जोखिमलाई प्रभावकारी तथा क्रमिक रुपमा सम्बोधन गर्नु पर्ने आवश्यकता बोध गर्दै,
महासन्धिमा उल्लेख भए अनुसार जलवायु परिवर्तनका नकारात्मक असरबाट विशेष रुपमा प्रभावित विकासशील देशहरुको विशेष आवश्यकता र विशेष परिस्थितिलाई समेत महशुश गर्दै,
लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धमा अति कम विकसित देशहरुका विशेष आवश्यकता तथा अवस्थालाई पूर्ण रुपमा मध्यनजर गर्दै,
जलवायु परिवर्तनका कारणले मात्र नभई त्यसको समाधान स्वरुप अवलम्बन गरिने उपायहरुबाट समेत पक्ष राष्ट्रहरु प्रभावित हुनसक्ने कुरालाई आत्मसात गर्दै,
जलवायुपरिवर्तनसँग निकट रुपमा सम्बन्धित क्रियाकलाप, सम्बोधन तथा प्रभाव र दिगो विकास तथा गरिवी निवारणमा समन्यायिक पहँुच बीचको अन्योन्याश्रित सम्बन्धमा जोड दिँदै,
खाद्य सुरक्षा कायम गर्ने तथा भोकमरी अन्त्य गर्ने आधारभूत प्राथमिकता र खाद्य उत्पादन प्रणालीमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावले सिर्जना गर्ने खास जोखिमलाई महशुश गर्दै,
राष्ट्रिय स्तरमा परिभाषित विकासका प्राथमिकता बमोजिम श्रमिक वर्गको न्यायपूर्णसंक्रमणकोअपरिहार्यता र सम्मानजनक काम तथा गुणस्तरीय रोजगारी सिर्जनालाई ध्यानमा राख्दै,
जलवायु परिवर्तन मानव जातिको साझा सरोकारको विषय हो र पक्षहरुले जलवायु परिवर्तनलाई समाधान गर्ने कार्यहरु गर्दा मानव अधिकार, स्वास्थ्यको अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, आप्रवासी, बालबालिका,अपाङ्गता भएका व्यक्तिका अधिकार, जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुको अधिकार र विकासको अधिकारका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण तथा अन्तर–पुस्ता समन्याय सम्बन्धी तिनका आ–आफ्ना दायित्वलाई सम्मान,प्रबद्र्धन र विचार गर्नु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै
महासन्धिमा उल्लेख भए बमोजिम उपयुक्त रुपमा हरितगृह ग्याँस सोस्ने तथा भण्डार गर्ने स्रोतको संरक्षण तथा अभिबृद्धिको महत्वलाई आत्मसात गर्दै,
महासागर, जैविक विविधता संरक्षण र केही सँस्कृतिमा रहेको “धरती माता” को मान्यता लगायतका सबै पारिस्थितिकीय प्रणालीको स्वच्छता सुनिश्चिता गरिनु पर्ने आवश्यकतालाई महशुश गर्दै र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने काम कारवाही गर्दा “जलवायुन्याय” का केही अवधारणागत पक्षको महत्वलाई ध्यानमा राख्दै,
यस सम्झौतामा सम्बोधन गरिएका विषयमा शिक्षा, तालिम, जनचेतना,जनसहभागिता, सूचनामा सार्वजनिक पहुँच र सबै तहमा सहयोगको महत्वलाई पुष्टि गर्दै,
जलवायु परिवर्तनलाई सम्बोधन गर्नमा पक्षहरुका आ–आफ्ना राष्ट्रिय कानून बमोजिम सरकारका सबै तह र विभिन्न पक्षहरुको संलग्नताको महत्वलाई आत्मसात गर्दै,
विकसित पक्ष राष्ट्रहरुको नेतृत्वमा दिगो प्रकृतिको जीवनशैली र उपभोग तथा उत्पादनको दिगो अभ्यासले जलवायु परिवर्तनलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने कुरालाई समेत आत्मसात गर्दै
देहाय बमोजिम सहमत भएका छन् :
धारा १
यस सम्झौताको प्रयोजनको लागि महासन्धिको धारा १ मा उल्लिखित परिभाषा लागू हुनेछन् । यसका अतिरिक्तः
क) “महासन्धि” भन्नाले सन् १९९२ को मे महिनाको ९ तारेखमा न्यूयोर्कमा ग्रहण गरिएको जलवायुपरिवतर्न सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि सम्झनु पर्दछ ।
ख) “पक्षहरुको सम्मेलन” भन्नाले महासन्धिका पक्षहरुको सम्मेलन सम्झनुपर्दछ ।
ग) “पक्ष” भन्नाले यस सम्झौताको पक्ष सम्झनुपर्दछ ।
धारा २
१. यस सम्झौताले महासन्धिको उद्देश्यका साथै सो को कार्यान्वयनलाई बढावा दिनका निमित्त दिगोविकास तथा गरिबी निवारण गर्ने प्रयासका सन्दर्भमा जलवायुपरिवर्तनका जोखिमबिरुद्ध चालिने विश्वव्यापी उपायलाई देहायका कुराहरु समेतद्वारा अभिबृद्धि गर्ने लक्ष्य लिएको छः
क) जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रुपमा घटाउन कुरालाई आत्मसात गर्दै विश्वव्यापी औसत तापक्रममा हुने बृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि २ डिग्री सेल्सीयसभन्दा तल कायम राख्नेर तापक्रममा हुने बृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सीयसमा सीमितराख्न प्रयास गर्ने,
ख) खाद्य उत्पादनमा कमी हुन नदिने गरी जलवायुपरिवर्तनका प्रतिकूल प्रभावलाई अनुकूलन गर्ने क्षमता अभिबृिद्ध गर्ने र न्यून हरितगृह ग्याँस उत्सर्जन तथा जलवायुसमानुकूलनलाई प्रबद्र्धन गर्ने;
ग) न्यून हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु समानुकूलन विकासमूलक कार्यप्रणाली अनुरुप लगानी प्रवाह गर्ने ।
२. यस सम्झौतालाई फरकफरक राष्ट्रिय अवस्थाको परिप्रेक्ष्यमा समन्याय र साझा तर भिन्न दायित्वको सिद्धान्त तथा आ–आफ्नो क्षमता प्रतिविम्वित गर्न कार्यान्वयन गरिनेछ ।
धारा ३
सबै पक्षहरुले जलवायु परिवर्तनबाट सिर्जित समस्याको विश्वव्यापी सम्बोधनका लागि राष्ट्रिय रुपमा निर्धारित योगदान अनुरुप यस सम्झौताको धारा २ मा उल्लिखित उद्देश्य प्राप्त गर्नका लागि धारा ४, ७, ९, १०, ११ र १३ मा परिभाषित महत्वाकांक्षी प्रयत्नहरुको अवलम्बन र सम्प्रेषण गर्नु पर्दछ । यस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि विकासोन्मुख राष्ट्रलाई सहयोग गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै सवैपक्षका प्रयत्न समयको क्रमसँगैप्रगतिशील हुनेछन् ।
धारा ४
१. धारा २ मा उल्लिखित तापक्रम सम्बन्धी दीर्घकालीन लक्ष्य हासिल गर्ने उद्देश्यले पक्षहरुलेविकासोन्मुख पक्ष राष्ट्रहरुलाई उच्चतम विन्दूहासिल गर्न लामोसमय लाग्ने कुरा मनन् गर्दै हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरणको विश्वव्यापी उच्चतम बिन्दूमा यथाशीघ्र पुग्ने र तत्पश्चात दिगो विकास र गरिवी निवारण गर्ने प्रयत्नको सन्दर्भमा समन्यायका आधारमा यस शताब्दीको दोस्रो अर्धांशमा स्रोतबाट हुने मावन सृजित उत्सर्जन र हरितगृह ग्याँसको सोसाईबाट हुने सोको निवारण बीच सन्तुलन हासिल गर्ने उद्देश्यले उपलब्ध सर्वोत्तम विज्ञानका आधारमा तीब्रतर रुपमा उत्सर्जन कटौती गर्ने उद्देश्य लिएका छन् ।
२. प्रत्येक पक्षले आफूले हासिल गर्न चाहेको राष्ट्रिय रुपमा निर्धारित क्रमिक रुपको योगदान तयार गर्ने, सम्प्रेषण गर्ने र कायम राख्नेछ । पक्षहरुले त्यस्ता योगदानको उद्देश्य हासिल गर्नका लागि आन्तरिक न्यूनीकरणका उपायहरु अपनाउनेछन् ।
३. फरक फरक राष्ट्रिय अवस्थाका सन्दर्भमा प्रत्येक पक्षका राष्ट्रिय रुपमा निर्धारित योगदानले साझा तर भिन्न दायित्व सम्बन्धी आ–आफ्ना क्षमता प्रतिविम्बित हुने गरी सो पक्षको तत्कालीन अवस्थामा राष्ट्रियरुपमा निर्धारित योगदानभन्दा बढी प्रगति हुने गरी उसको संभाव्य उच्चतम महत्वाकांक्षा समेत प्रतिविम्बित गर्नेछ ।
४. विकसित पक्ष राष्ट्रले अर्थतन्त्रमा आधारित निरपेक्ष उत्सर्जन न्यूनीकरणको लक्ष्य हासिल गर्नमा नेतृत्वदायी कार्य जारी राख्नुपर्दछ । विकासोन्मुख पक्ष राष्ट्रहरुलेआ–आफ्ना न्यूनीकरण प्रयासहरुलाई बढाउदैलैजानुपर्दछ र तिनीहरुलाई फरक फरक राष्ट्रिय अवस्थाका सन्दर्भमा अर्थतन्त्रमा आधारित उत्सर्जन न्यूनीकरण वा सीमितिकरण लक्ष्यतर्फ समयानुरुप अघि बढ्न प्रोत्साहित गरिएको छ ।
५. धारा ९, १० र ११ बमोजिम विकासोन्मुख पक्ष राष्ट्रहरुलाई दिइने सहयोगको अभिबृद्धिलेतिनका काम कारवाहीमा उच्च महत्वाकांक्षा जुटाउछ भन्नेकुरालाई महशुश गर्दै यस धारा कार्यान्वयन गर्न विकासोन्मुख पक्ष राष्ट्रहरुलाई सहयोग उपलब्ध गराइनेछ ।
६. अतिकम विकसित राष्ट्र तथा विकासोन्मुख साना टापुराष्ट्रहरुले आ–आफ्ना विशेष परिस्थिति प्रतिविम्बित हुने गरी न्यून हरितगृह उत्सर्जन विकासका लागि रणनीति, योजना र कार्ययोजना तयार गरी जानकारी गराउन सक्नेछन् ।
७. पक्ष राष्ट्रहरुको अनुकूलन कार्य तथा आर्थिक विविधीकरण योजनाहरुबाट प्राप्त हुने न्यूनीकरण सम्बद्ध लाभले यो धारा अन्तर्गतको न्यूनीकरण हासिल गर्न योगदान पु¥याउन सक्दछ ।
८. सबै पक्षहरुले राष्ट्रियस्तरमा निर्धारित आफ्ना योगदान बारेमा जानकारी गराउँदा १/सीपी.२१ नं. को निर्णय तथा यस सम्झौताको लागि पक्षहरुको बैठकको रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनको कुनै पनि सान्दर्भिक निर्णयबमोजिम ती सबै पक्षहरुले स्पष्टता, पारदर्शिता र सहमतिका लागि आवश्यक पर्ने सूचना उपलब्ध गराउनुपर्नेछ ।
९. प्रत्येक पक्षले १/सीपी.२१ निर्णय तथा यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनको कुनै पनि सान्दर्भिक निर्णय बमोजिम प्रत्येक पाँच वर्षमा राष्ट्रियस्तरमा निर्धारित योगदानकोजानकारी गराउनुपर्नेछ र धारा १४ बमोजिमका विश्वव्यापी दीर्घकालीन उद्देश्य प्राप्तिमा भएको उपलब्धिका सम्बन्धमा जानकारी लिएको हुनुपर्दछ ।
१०. यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनले आफ्नो पहिलो सत्रमा राष्ट्रियस्तरमा निर्धारित योगदानका लागि साझा समयसीमाबारे विचारविमर्श गर्नेछ ।
११. कुनै पक्षले यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनद्वारा पारित मार्गनिर्देशन अनुसार आफ्नो लक्ष्य अभिबृद्धि गर्ने उद्देश्यले कुनै पनि समयमा राष्ट्रियस्तरमा निर्धारित आफ्नो विद्यमान योगदानको समायोजन गर्न सक्नेछ ।
१२. पक्षहरुद्वारा सम्प्रेषण गरिएको राष्ट्रियस्तरमा निर्धारित योगदानलाई सचिवालयबाट खडा गरिएको सार्वजनिक दर्ताकिताबमा अभिलेख गरिनेछ ।
१३. पक्षहरुलेराष्ट्रिय रुपमा निर्धारित आफ्ना योगदानको हिसाव राख्नुपर्नेछ । पक्षहरुले राष्ट्रिय रुपमा निर्धारित योगदान अनुरुप मानव सिर्जित उत्सर्जन तथा निराकरणको लेखाजोखा गर्दा यस सम्झौताको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनद्वारा पारित मार्गनिर्देशन अनुसार वातावरणीय स्वच्छता, पारदर्शिता, शुद्धता, पूर्णता, एकरुपता र सामञ्जस्यतालाई कायम राख्दै दोहोरो गणना नहुने कुराको सुनिश्चितता गर्नेछन् ।
१४. पक्षहरुलेराष्ट्रिय तहमा निर्धारित आफ्ना योगदानका सन्दर्भमा मानव सिर्जित उत्सर्जन र निराकरणका सम्बन्धमा न्यूनीकरणका कार्यहरु पहिचान तथा कार्यान्वयन गर्दा यस धाराको प्रकरण १३ लाई मनन् गरी महासन्धि अन्तर्गतको विद्यमान विधि तथा मार्ग निर्देशनलाई उपयुक्तता अनुरुप ध्यान दिनुपर्नेछ ।
१५. पक्षहरुले यस सम्झौताको कार्यान्वयन गर्दा त्यसबाट चालिने कदमबाट सवैभन्दा बढी प्रभावित हुने अर्थव्यवस्था भएका खासगरी विकासोन्मुख पक्ष राष्ट्रहरुका सरोकारहरुलाई ध्यानमा राख्नुपर्नेछ ।
१६. यस धाराको प्रकरण २ अन्तर्गत संयुक्त रुपमा काम गर्न सहमति जनाउने क्षेत्रीय आर्थिक एकीकरण संगठन र तिनका सदस्य राष्ट्रहरु सहितका पक्षहरुले राष्ट्रिय रुपमा निर्धारित तिनका योगदान बारे जानकारी गराउंदा सम्बन्धित समयावधिभित्र प्रत्येक पक्षलाई तोकिएको उत्सर्जनस्तर सहितका सम्झौताका शर्तहरुका सम्बन्धमा सचिवालयलाई सूचित गर्नु पर्नेछ । सचिवालयले त्यसपछि महासन्धिका पक्षहरु तथा हस्ताक्षरकर्ताहरुलाई उक्त सम्झौताका शर्तहरुका बारेमा जानकारी गराउनेछ ।
१७. त्यस्तो सम्झौताको प्रत्येक पक्ष यस धाराको प्रकरण १३ तथा १४ अनुसार यसै धाराको प्रकरण १६ मा उल्लेख भएको सम्झौतामा तोकिएको आफ्नो उत्सर्जनको तहप्रति जवाफदेही हुनेछन् ।
१८. यस सम्झौताको पक्ष भई कुनैक्षेत्रिय आर्थिक एकीकरण संगठनको समेत पक्ष भएका त्यस्तो संगठनको संयुक्त संरचना तथा सो संगठनसंगै पक्षहरुले संयुक्त रुपमा कार्य गर्ने हो भने त्यस्ता क्षेत्रीय आर्थिक एकीकृत संगठनका प्रत्येक सदस्य राष्ट्रले एकल रुपमा र क्षेत्रीय आर्थिक एकीकृत संगठनका सदस्यका हैसियतलेयस धाराको प्रकरण १३ र १४ तथा धारा १३ र १५ बमोजिम यसै धाराको प्रकरण १६ अन्तर्गत सूचित सम्झौतामा उल्लिखित आफ्नो उत्सर्जन तहप्रति जवाफदेही हुनेछन् ।
१९. सबैपक्षहरुले फरक फरक राष्ट्रिय परिस्थितिलाई मनन् गर्दै साझा तर भिन्न दायित्व र आफ्ना क्षमतालाई ध्यानमा राखी धारा २ प्रति सचेत रहंदै न्यून हरितगृह ग्याँस उत्सर्जन विकासको दीर्घकालीन रणनीति तर्जुमा गर्ने प्रयत्न गरी त्यसको जानकारी गराउनुपर्दछ ।
धारा ५
१. पक्षहरुले महासन्धिको धारा ४ को प्रकरण १(घ) मा उल्लेख भए बमोजिमको हरितगृह ग्याँसको सोसाई तथा भण्डारका साथै उपयुक्त भए अनुरुप वनसहितको संरक्षण र प्रबद्र्धन गर्ने कार्य गर्नु पदर्छ ।
२. पक्षहरुलाई परिणाममा आधारित भुक्तानी समेतका उपाय मार्फत महासन्धि अन्तर्गत सहमति भईसकेका सम्बन्धित मार्गनिर्देशन तथा निर्णयहरुमा उल्लेख भए अनुरुपको विद्यमान संरचनालाई निम्न प्रयोजनका लागि कार्यान्वयन तथा सहयोग गर्न प्रोत्साहित गरिएको छ ः वन विनास तथा वन क्षयीकरणबाट उत्पन्न हुने उत्सर्जनको न्यूनीकरण, विकासोन्मुख देशहरुमा संरक्षणको भूमिका, वनको दिगो व्यवस्थापन र वनजन्य कार्वनको मौज्दात अभिबृद्धिसंग सम्बन्धित क्रियाकलापहरुका निमित्त नीतिगत अवधारणा तथा सकारात्मक प्रोत्साहन र वनको आधारभूत तथा दिगो व्यवस्थापनमा संयुक्त न्यूनीकरण तथा अनुकूलन जस्ता वैकल्पिक नीतिगत पद्दतिसंग सम्बन्धित गैरकार्वन लाभहरुलाई उपयुक्तता अनुसार प्रोत्साहित गर्नुको महत्वलाई पनि पुर्नपुष्टि गर्दै त्यस्ता पद्दति ।
धारा ६
१. केही पक्षहरुले आफ्ना न्यूनीकरण तथा अनुकूलनका कार्यहरुमा उच्च महत्वाकांक्षा हासिल गर्न र दिगो विकास तथा वातावरणीय स्वच्छता प्रबद्र्धन गर्न आफ्ना राष्ट्रिय रुपमा निर्धारित योगदानकोकार्यान्वयनमा स्वेच्छिक सहकार्यको मार्ग अवलम्वन गर्नुपर्छ भन्ने कुरा पक्षहरुले आत्मसात गर्दछन् ।
२. पक्षहरुले राष्ट्रिय रुपमा निर्धारित योगदानतर्फ अन्तर्राष्ट्रिय स्तरमा हस्तान्तरित न्यूनीकरण उपलब्धीको उपयोग हुने सहयोगात्मक अवधारणामा स्वेच्छिक रुपले संलग्न रहंदा शासन प्रणालीमा समेत दिगोविकासको प्रबद्र्धन र वातावरणीय स्वच्छता तथा पारदर्शिता सुनिश्चित गर्नुका साथै यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनद्वारा पारित निर्देशन अनुरुप दोहोरो गणना नगर्ने लगायतका कार्यको प्रत्याभूतिका लागि सशक्त हिसाव प्रणाली लागूगर्नु पर्नेछ ।
३. यस सम्झौता अन्तर्गत राष्ट्रिय रुपमा निर्धारित योगदान हासिल गर्न अन्तर्राष्ट्रिय स्तरमा हस्तान्तरित न्यूनीकरण उपलब्धीको उपयोग स्वेच्छिक हुनुका साथै सहभागी पक्षहरुद्वारा अनुमति प्राप्त हुनुपर्नेछ ।
४. हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण र दिगो विकासमा सहयोग गर्ने कार्यमा योगदान पु¥याउनका लागि यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनद्वारा प्रदत्त अधिकार तथा मार्गनिर्देशन बमोजिम पक्षहरुले स्वेच्छिक पमा प्रयोग गर्नेउद्देश्यलेएउटा संयन्त्र स्थापना गरिएको छ ।
सुपरीवेक्षण यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनद्वारा तोकिएको निकायले गर्नेछ र यसले निम्न उद्देश्य राखेको छः
क) दिगोविकासलाई बढावा दिदैहरितगृह ग्याँस उत्सर्जनकोन्यूनीकरणलाई प्रबद्र्धन गर्ने;
ख) कुनै पक्षद्वारा अधिकारप्राप्त सार्वजनिक तथा नीजि निकायहरुबाट भएको हरितगृह ग्याँस उत्सर्जनको न्यूनीकरणमा हुने सहभागितालाई अभिप्रेरित गर्ने र सहजीकरण गर्ने;
ग) आयोजक पक्षको उत्सर्जनस्तरको न्यूनीकरणमा सहयोग गर्ने, जसले गर्दा उत्सर्जन कटौतीबाट हुने न्यूनीकरणका क्रियाकलापहरुबाट लाभ प्राप्त गर्नुका साथै यसलाई अर्को पक्षको राष्ट्रियस्तरमा निर्धारित योगदान हासिल गर्नमा समेत उपयोग गर्न सकियोस् ; र
घ) विश्वव्यापी उत्सर्जनलाई समग्र रुपमा न्यूनीकरण गर्ने ।
५. यस धाराकोप्रकरण ४ मा उल्लिखित संयन्त्रका कारणलेभएकोउत्सर्जन न्यूनीकरणलाई अर्को पक्षको राष्ट्रिय तहमा निर्धारित योगदानको उपलब्धिका रुपमा देखाउन उपयोग गरिएको खण्डमा आयोजक पक्षकोराष्ट्रिय तहमा निर्धारित योगदानको उपलब्धिमादेखाउन पाइने छ्रैन ।
६. यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले यस धाराको प्रकरण ४ मा उल्लिखित संयन्त्र अन्तर्गतका क्रियाकलापहरुबाट प्राप्त लाभकोअंशलाई प्रशासनिक खर्च बहन गर्न र खासगरी जलवायुपरिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा परेका विकासोन्मुख पक्ष राष्ट्रहरुलाई अनुकूलन खर्च बहन गर्नमा सहयोग पु¥याउने कार्यमा उपयोग गर्ने कुरा सुनिश्चित गर्नेछ ।
७. यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले आफ्नो पहिलोसत्रमा यस धाराको प्रकरण ४ मा उल्लिखित संयन्त्रका निमित्त नियम, विधि र प्रकृयाहरु पारित गर्नेछ ।
८. पक्षहरुले दिगो विकास र गरिवी निवारणको सन्दर्भमा राष्ट्रिय तहमा निर्धारित तिनीहरुका योगदानकोकार्यान्वयनमा न्यूनीकरण, अनुकूलन, लगानी, प्रविधि हस्तान्तरण तथा क्षमता अभिबृद्धि लगायतका तरिका मार्फत समन्वयात्मक तथा प्रभावकारी तवरले सहयोग पु¥याउन ती पक्षहरुलाई उपलब्ध भईरहेका एकीकृत, सर्वाङ्गिण तथा सन्तुलित गैर–बजारीय पद्दतिको महत्वलाई स्वीकार गदर्छन् । यी पद्दतिका लक्ष्य देहाय बमोजिम हुनेछ :
क) न्यूनीकरण तथा अनुकूलनका लक्ष्य प्रबद्र्धन गर्ने;
ख) राष्ट्रिय तहमा निर्धारित योगदान कार्यान्वयनमा सार्वजनिक तथा नीजि क्षेत्रको
सहभागिता अभिबृद्धि गर्ने;
ग) सम्बन्धित लिखत र संस्थागत व्यवस्थाहरुबीच समन्वय गर्ने अवसरलाई सबल
तुल्याउने ।
९. दिगो विकासका गैर–बजारीय पद्दतिको अवधारणालाई यस धाराको प्रकरण ८ मा उल्लिखित गैर–बजारीय पद्दतिको अवधारणा प्रबद्र्धन गर्नका लागि परिभाषित गरिएको छ ।
धारा ७
१. पक्षहरुले धारा २ मा उल्लिखित तापक्रम लक्ष्यका सन्दर्भमा दिगो विकासमा योगदान पु¥याउनुका साथैपर्याप्त अनुकूलनको सुनिश्चितता गर्ने उद्देश्यले जलवायुपरिवर्तनको अनुकूलन क्षमता अभिबृद्धि, समानुकुलन क्षमता सबलीकरण र जोखिम न्यूनीकरण गर्ने अनुकूलन सम्बन्धी विश्वव्यापी लक्ष्य तय गरेका छन् ।
२. पक्षहरुले विशेषतः जलवायु परिवर्तनको प्रतिकूल प्रभावका कारण जोखिममा परेका विकासोन्मुख पक्ष राष्ट्रहरुका अत्यावश्यक तथा तात्कालिक आवश्यकतालाई ध्यानमा राख्दै अनुकूलन सबैले सामना गर्नु परिरहेको स्थानीय, उपराष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आयामहरु भएको एक विश्वव्यापी चुनौती हो र जलवायुपरिवर्तनको प्रमुख अवयवको रुपमा रही अनुकूलनले जनता, जीविकोपार्जन तथा पारिस्थितिकीय प्रणालीको संरक्षणका लागि दीर्घकालीन रुपमा जलवायु परिवर्तनको विश्वब्यापी सम्बोधन गर्नमा योगदान पु¥याउंछ भन्ने कुरा स्वीकार गर्दछन् ।
३. यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले आफ्नो पहिलो सत्रमा पारित गर्ने विधि बमोजिम विकासोन्मुख पक्ष राष्ट्रहरुका अनुकूलन सम्बन्धी प्रयासहरुलाई मान्यता दिईनेछ ।
४. पक्षहरुले अनुकूलनको विद्यमान आवश्यकता महत्वपूर्ण रहेको र न्यूनीकरणको उच्च मात्राले अनुकूलन प्रयासहरुको अतिरिक्त आवश्यकतालाई घटाउनुका साथै उच्च अनुकूलन आवश्यकता अन्तर्गत थप अनुकूलन लागत आवश्यक पर्न सक्छ भन्ने कुरा स्वीकार गर्दछन् ।
५. पक्षहरुलेअनुकूलन क्रियाकलाप गर्दाजोखिममा परेका समूह, समुदाय र पारिस्थितिकीय प्रणालीलाई मध्यनजर गर्दै राष्ट्र निर्देशित, लैङ्गिक–उत्तरदायी, सहभागीतामूलक तथा पूर्ण रुपमा पारदर्शी दृष्टिकोण अपनाउनु पर्दछ र उपयुक्त भएसम्म अनुकूलनलाई सान्दर्भिक सामाजिक–आर्थिक तथा वातावरणीय नीति तथा क्रियाकलापहरुमा एकिकृत गर्ने उद्देश्यका साथ उक्त क्रियाकलाप हाल उपलब्ध सर्वाेत्तम विज्ञान तथा उपयुक्तता अनुरुपको परम्परागत ज्ञान, आदिवासी जनताको ज्ञान तथा स्थानीय ज्ञान पद्दतिमा आधारित तथा त्यसबाट निर्देशित हुनुपर्दछ भन्ने कुरा स्वीकार गर्दछन् ।
६. पक्षहरुले अनुकूलन प्रयासहरुमा सहयोग तथा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताका साथै खासगरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट विशेषरुपमा जोखिममा रहेका विकासोन्मुख पक्ष राष्ट्रहरुको आवश्यकतालाई ध्यानमा राख्नु पर्ने अपरि हार्यतालाई स्वीकार गर्दछन् ।
७. पक्षहरुलेकान्कुन अनुकूलन संरचनाका साथैदेहायका विषयलाई समेत दृष्टिगत गरी अनुकूलन सम्बन्धी कार्य प्रबद्र्धन गर्न आफ्नो सहयोगलाई सशक्त तुल्याउनुपर्दछ :
क) अनुकूलन क्रियाकलापका सम्बन्धमा सूचना, असल अभ्यास, अनुभव र सिकेका पाठहरुका साथैउपयुक्तता अनुरुप ती विषयहरुसंग सम्बन्धित विज्ञान, योजना निर्माण, नीतिहरु र कार्यान्वयनपक्षको समेत आदान प्रदान गर्ने;
ख) सान्दर्भिक सूचना तथा ज्ञानको विश्लेषणमा सहयोग पु¥याउन यस सम्झौतालाई सहजीकरण गर्ने महासन्धिमा समेत रहेका संस्थागत व्यवस्था र पक्षहरुलाई प्राविधिक सहयोग र निर्देशन दिने व्यवस्थालाई सबल बनाउने ।
ग) जलवायु सेवाका कार्यमा पूर्व सूचना दिने तथा निर्णय प्रक्रियामा सहयोग पु¥याउने तवरले जलवायुसम्बन्धी वैज्ञानिक ज्ञानका साथै अनुसन्धान, जलवायु प्रणालीको सुव्यवस्थित अवलोकन र पूर्व चेतावनी प्रणालीलाई सशक्त तुल्याउने;
घ) असल अभ्यासलाई उत्पे्ररित गर्न सकिने किसिमले तवरले प्रभावकारी अनुकूलन अभ्यास, अनुकूलन आवश्यकता, प्राथमिकता, अनुकूलनका कार्य तथा प्रयासका लागि उपलब्ध तथा प्राप्त सहयोग, चुनौती र रिक्तता पहिचान गर्नमा विकासोन्मुख पक्ष राष्ट्रहरुलाई सहयोग पु¥याउने;
ङ.) अनुकूलन कार्यहरुका प्रभावकारिता र स्थायित्वमा सुधार ल्याउने ।
८. यस धाराकोप्रकरण ५ अन्तर्गतका प्रावधानहरुलाई ध्यानमा राख्दै यसैधाराको प्रकरण ७ मा उल्लिखित कार्यक्रमहरु कार्यान्वयन गर्ने पक्ष राष्ट्रहरुको प्रयासमा सहयोग पु¥याउन संयुक्त राष्ट्र संघीय विशिष्टिकृत संगठन तथा निकायहरुलाई प्रोत्साहित गरिन्छ ।
९. प्रत्येक पक्ष उपयुक्तता अनुसार सान्दर्भिक योजना, नीति तथा योगदानको विकास वा प्रबद्र्धनका साथै अनुकूलन योजना तर्जुमा प्रक्रिया र कार्यक्रमहरुको कार्यान्वयनमा संलग्न हुनेछ, जस अन्तर्गत देहायका कुराहरु समावेश हुन सक्नेछन्ः
क) अनुकूलनका कार्य, प्रतिबद्धता तथा प्रयत्नहरुको कार्यान्वयन;
ख) राष्ट्रिय अनुकूलन योजना तर्जुमा र कार्यान्वयनको प्रक्रिया,
ग) जोखिममा रहेका जनता, स्थान र पारिस्थितिकीय प्रणालीलाई मध्यनजर गर्दै
राष्ट्रिय तहमा निर्धारित प्राथमिकताका कायत्र्रmम तर्जुमा गर्नेउद्देश्यसहित जलवायु
परिवर्तनका प्रभाव तथा जोखिम मूल्याड्ढन;
घ) अनुकूलन योजना, नीति, कार्यक्रम र क्रियाकपालहरुको अनुगमन, मूल्याड्ढन
तथा सिकाई; र
ङ.) आर्थिक विविधिकरण र प्राकृतिक स्रोतकोदिगोव्यवस्थापन सहितका माध्यमबाट
सामाजिक आर्थिक तथा पर्यावरणीय प्रणालीको समानुकुलन निर्माण ।
१०. प्रत्येक पक्षले विकासोन्मुख पक्ष राष्ट्रउपर कुनैथप भार सिर्जना नहुने गरी उपयुक्तता अनुसार आप्mना प्राथमिकता, कार्यान्वयन तथा सहयोगको आवश्यकता, योजना तथा कार्यक्रमहरु समावेश हुने अनुकूलनका सूचना पेश गरी अद्यावधिक गर्नु पर्दछ ।
११. यस धाराको प्रकरण १० मा उल्लिखित अनुकूलन सूचना उपयुक्तता अनुसार राष्ट्रिय अनुकूलन योजना, धारा ४ को प्रकरण २ मा उल्लिखित राष्ट्रिय तहमा निर्धारित योगदान र राष्ट्रिय संचारका साथै अन्य संचार वा दस्तावेजको अंशको रुपमा वा तिनका साथ पेश गरी समय समयमा अद्यावधिक गरिनेछ ।
१२. यस धाराको प्रकरण १० मा उल्लिखित अनुकूलन सूचना सचिवालयले खडा गरेको सार्वजनिक भिलेखालयमा राखिनेछ ।
१३. यस धाराको प्रकरण ७, ९, १० र ११ को कार्यान्वयनका लागि विकासोन्मुख पक्ष राष्ट्रहरुलाई धारा ९, १० र ११ का प्रावधानहरु बमोजिम अन्तर्राष्ट्रिय सहयोग निरन्तर रुपमा अभिबृद्धि गर्दै उपलब्ध गराइनेछ ।
१४. धारा १४ मा उल्लिखित विश्वव्यापी मूल्यांकनले देहाय समेतका कार्य गर्नेछ :
क) विकासोन्मुख पक्ष राष्ट्रहरुका अनुकूलन प्रयासहरुलाई मान्यता दिने;
ख) यस धाराको प्रकरण १० मा उल्लिखित अनुकूलन संचारलाई मनन् गर्दै
अनुकूलन कार्यको कार्यान्वयनमा सुधार गर्ने;
ग) अनुकूलनको उपयुक्तता तथा प्रभावकारिता र सोका लागि उपलब्ध सहयोगको
समीक्षा गर्ने; र
घ) यस धाराको प्रकरण १ मा उल्लिखित अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य प्राप्त
गर्नमा भएको समग्र प्रगतिको समीक्षा गर्ने ।
धारा ८
१. पक्षहरुले जलवायु परिवर्तनका प्रतिकूल प्रभावसंग सम्बन्धित हानी नोक्सानीका साथै विषम मौसमी घटना तथा विस्तारै देखापर्ने घटनाहरु रोक्ने, कम गर्ने तथा तिनीहरुलाई सम्बोधन गर्ने आवश्यकता र हानी नोक्सानी न्यूनीकरण गर्नमा दिगो विकासको भूमिकालाई आत्मसात गरेकाछन् ।
२. जलवायु परिवर्तनका प्रभावसंग सम्बन्धित हानी नोक्सानीसम्बन्धी वार्शा अन्तर्राष्ट्रिय संयन्त्र यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनको मातहतमा र निर्देशनमा आधारित रहनेछ र त्यसलाई यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनले निर्धारण गरे बमोजिम सुदृढ र सशक्त तुल्याइनेछ ।
३. पक्षहरुले जलवायुपरिवर्तनका प्रतिकूल प्रभावसंग सम्बन्धित हानी तथा नोक्सानीका सम्बन्धमा उपयुक्तता अनुरुप वार्शा अन्तर्राष्ट्रिय संयन्त्र समेतका उपाय मार्फत सहकार्य तथा सहजीकरणको आधारमा समझदारी, सहकार्य र सहयोग अभिबृद्धि गर्नुपर्दछ ।
४. तदनुरुप, सहकार्य र सहयोग अभिबृद्धिका लागि सहजीकरणका क्षेत्रमा देहायका
विषयहरु समेत समावेश हुन सक्दछन् :
क) पहिने नैचेतावनी दिने प्रणाली,
ख) आपतकालीन तयारी,
ग) सुस्तरुपले देखिने घटनाहरु,
घ) अपुरणीय र स्थायी प्रकृतिका हानी नोक्सानीका घटना,
ङ) विस्तृत जोखिम मूल्याड्ढन तथा व्यवस्थापन,
च) जोखिम बीमा सुविधा, जलवायुजोखिम व्यवस्था (पुलिङ) तथा अन्य बीमाजन्य
समाधान,
छ) गैरआर्थिक नोक्सानी, र
ज) समुदाय, जीविकोपार्जन र पारिस्थितिकीय प्रणालीको समानुकूलन ।
५. वार्शा अन्तर्राष्ट्रिय संयन्त्रले सम्झौता अन्तर्गतका विद्यमान निकाय र विज्ञ समूहहरुका
साथैसम्झौता बाहिरका सम्बन्धित संगठन तथा विज्ञ निकायहरुसँग सहकार्य गर्नेछ ।
धारा ९
१. विकसित पक्ष राष्ट्रहरुले महासन्धि अन्तर्गतका आफ्ना विद्यमान दायित्वहरुलाई निरन्तरता दिंदै विकासोन्मुख पक्ष राष्ट्रहरुलाई न्यूनीकरण र अनुकूलन दुवैका सम्बन्धमा आर्थिक स्रोतहरु उपलब्ध गराउनेछन् ।
२. अन्य पक्षहरुलाई समेत स्वेच्छिक रुपमा त्यस्तो सहयोग उपलब्ध गराउन वा निरन्तरता दिन उत्प्रेरित गरिएको छ ।
३. विकसित पक्ष राष्ट्रहरुले विश्वव्यापी प्रयासको एउटा हिस्साको रुपमा सार्वजनिक कोषकोउल्लेखनीय भूमिकालाई मनन् गर्दैराष्ट्रनिर्देशित रणनीतिलाई सहयोग पु¥याउने लगायतका विविध कार्यहरु मार्फत विकासोन्मुख पक्ष राष्ट्रहरुको प्राथमिकतालाई मध्यनजर राख्दैविभिन्न प्रकारका बृहत् स्रोत, संयन्त्र र माध्यमबाट जलवायुलगानी परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् । जलवायुलगानीकोत्यस्तो परिचालन विगतका प्रयासहरुभन्दा अधिक हुनुपर्दछ ।
४. आर्थिक स्रोत अभिबृद्धि गर्ने प्रावधान अनुकूलन र न्यूनीकरणका बीच सन्तुलन कायम गर्ने तर्फ लक्षित हुनुपर्दछ र यसो गर्दा राष्ट्रनिर्देशित रणनीतिका साथैअनुकूलनका लागि सार्वजनिक तथा अनुदानमा आधारित स्रोतको आवश्यकतालाई विचार गर्दै अति कम विकसित राष्ट्र र विकासोन्मुख साना टापुराष्ट्रहरु जस्ता विशेषतः जलवायु परिवर्तनका प्रतिकूल प्रभावकोजोखिममा रहेका र उल्लेख्य रुपमा क्षमता अभाव भएका विकासोन्मुख पक्ष राष्ट्रहरुको प्राथमिकता तथा आवश्यकतालाई ध्यानमा राख्नुपर्दछ ।
५. विकसित पक्ष राष्ट्रहरुले कानूनले तोके अनुरुप यस धाराको प्रकरण १ र ३ संग सम्बन्धित तोकिएका परिमाणात्मक तथा गुणात्मक सूचनाका साथैविकासोन्मुख पक्ष राष्ट्रहरुलाई उपलब्ध गराइने उपलब्ध भएसम्मका सार्वजनिक आर्थिक स्रोतहरुको प्रक्षेपित मात्रा समेत प्रत्येक दुई वर्षमा जानकारी गराउनु पर्दछ । स्रोत उपलब्ध गराउने अन्य पक्षहरुलाई प्रत्येक दुई वर्षमा त्यस्ता सूचना स्वेच्छिक रुपमा जानकारी गराउन उत्पे्ररित गरिएको छ ।
६. धारा १४ मा उल्लिखित विश्वव्यापी मूल्यांकनले विकसित पक्ष राष्ट्रहरु तथा सम्झौताका निकायहरुद्वारा उपलब्ध गराईएका जलवायुवित्तसंग सम्बन्धित प्रयास सम्बन्धी सान्दर्भिक सूचनालाई मध्यनजर राख्नेछ ।
७. विकसित पक्ष राष्ट्रहरुले धारा १३ को प्रकरण १३ मा उल्लेख भए बमोजिम यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्ष राष्ट्रहरुको सम्मेलनको पहिलो सत्रद्वारा पारित गरिने विधि, प्रक्रिया र मार्गनिर्देशनअनुसार सार्वजनिक कार्यहरुमार्फत विकासोन्मुख पक्ष राष्ट्रहरुलाई उपलब्ध तथा परिचालन गराएको सहयोग सम्बन्धी पारदर्शी तथा मिल्दाजुल्दा सूचना हरेक दुई–दुई वर्षमा उपलब्ध गराउनेछन् । अन्य पक्षहरुलाई समेत सो कार्य गर्न प्रोत्साहित गरिएको छ ।
८. महासन्धिको आर्थिक संयन्त्रका साथै यसका संचालन निकायहरुले यस सम्झौताको आर्थिक संयन्त्रको रुपमा कार्य गर्नेछन् ।
९. महासन्धिकोआर्थिक संयन्त्र संचालन निकायहरुका साथैयस सम्झौताअन्तर्गत सेवाको कार्य गर्ने संस्थाहरुले विशेषगरी अल्पविकसित तथा साना टापुराष्ट्रहरु सहितका विकासोन्मुख पक्ष राष्ट्रहरुलाई तिनका राष्ट्रिय जलवायुरणनीति तथा योजनाहरुका सन्दर्भमा सरलीकृत अनुमोदन प्रक्रिया र परिष्कृत तयारी सहायतामार्फत वित्तीय स्रोतमा प्रभावकारी पहँुच सुनिश्चित गर्नेछन् ।
धारा १०
१. पक्षहरुलेहरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्न र जलवायु परिवर्तनको समानुकुलन सुधार गर्न प्रविधि विकास तथा हस्तान्तरणलाई पूर्णरुपमा हासिल गर्नुकोमहत्वसम्बन्धी दीर्घकालीन दूरदृष्टिलाई एकआपसमा आदान–प्रदान गर्दछन् ।
२. पक्षहरुले यस सम्झौता अन्तर्गतको न्यूनीकरण तथा अनुकूलन क्रियाकलापहरुको कार्यान्वयनका लागि प्रविधिको आवश्यकतालाई मनन् गरी विद्यमान प्रविधिको प्रयोग तथा विस्तारको प्रयासहरुलाई महशुश गर्दै प्रविधि विकास तथा हस्तान्तरणसम्बन्धी सहकार्यलाई सशक्त तुल्याउनेछन् ।
३. महासन्धि अन्तर्गत स्थापित प्रविधि संयन्त्रले यस सम्झौताको हकमा पनि काम गर्नेछ ।
४.यस धाराको प्रकरण १ मा उल्लिखित दीर्घकालीन दूरदृष्टिको लक्ष्य प्राप्तिका लागि यस सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउने हेतुले प्रविधि विकास तथा हस्तान्तरणका परिष्कृत कार्यलाई प्रबद्र्धन तथा सहजीकरण गर्नमा प्रविधि संयन्त्रको कार्यलाई उच्च मार्गनिर्देशन उपलब्ध गराउन एउटा प्रविधि संरचनाको स्थापना गरिएको छ ।
५. जलवायु परिवर्तन सम्बन्धी प्रभावकारी तथा दीर्घकालीन विश्वव्यापी सम्बोधन र आर्थिक बृद्धि तथा दिगो विकास प्रबद्र्धनका लागि सिर्जनात्मक कार्यलाई तीब्रता दिनु, प्रोत्साहित गर्नुर सबलीकरण गर्नु अत्यावश्यक भएको छ । यस्ता प्रयासले उपयुक्तता अनुरुप विकासोन्मुख पक्ष राष्ट्रहरुलाई विशेषतः प्रविधि चक्रको प्रारम्भिक चरणमा महासन्धिको वित्तीय संयन्त्रका साथैवित्तीय माध्यममार्फत अनुसन्धान तथा विकासको सहकार्यात्मक गतिविधि र प्रविधिमा पहुँच पु¥याउनमा सहजीकरण गर्न सहयोग उपलब्ध हुनेछ ।
६. अनुकूलन र न्यूनीकरणका निम्ति उपलब्ध गराईने सहयोगका बीच सन्तुलन कायम गर्ने उद्देश्यले विकासोन्मुख पक्ष राष्ट्रहरुलाई प्रविधि चक्रको विभिन्न चरणमा प्रविधि विकास तथा हस्तान्तरणसम्बन्धी सहयोगात्मक कार्यको अभिबृद्धिका साथै यस धाराकोकार्यान्वयनका लागि वित्तीय लगायतका सहयोग उपलब्ध गराईनेछ । धारा १४ मा उल्लिखित विश्वव्यापी मूल्यांकनले विकासोन्मुख पक्ष राष्ट्रहरुलाई प्रविधि विकास तथा हस्तान्तरणमा उपलब्ध गराईएका सहयोगसंग सम्बन्धित मौजुदा सूचनालाई जानकारीमा राख्नेछ ।
धारा ११
१. यस सम्झौता अन्तर्गतकोक्षमता अभिबृद्धिलेअनुकूलन र न्यूनीकरणका क्रियाकलापहरुलाई कार्यान्वयन गर्नुका साथै जलवायु परिवर्तनका कार्य प्रभावकारी रुपमा अघि बढाउनका लागि विशेषगरी अति कम विकसित राष्ट्रहरु जस्ता न्यून क्षमता भएका र विकासोन्मुख साना टापु राष्ट्रहरु जस्ता जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट विशेषतः जोखिममा रहेका विकासोन्मुख पक्ष राष्ट्रहरुको क्षमता तथा सामथ्र्यलाई प्रबद्र्धन गर्नु पर्दछ र प्रविधि विकास, विस्तार तथा परिचालन, जलवायुलगानीमा पहँुच, शिक्षा, तालिम तथा जनचेतनाका सम्बन्धित क्षेत्रहरु र सूचनाको पारदर्शी, समयानुकूल तथा प्रचार प्रसारमा समेत सहजिकरण गर्नु पर्दछ ।
२. क्षमता अभिबृद्धि राष्ट्रनिर्देशित, राष्ट्रिय आवश्यकतामा आधारित तथा सोप्रति उत्तर दायी हुनुका साथै यसले विशेष गरी विकासोन्मुख पक्ष राष्ट्र सहितका पक्षहरुका राष्ट्रिय, उपराष्ट्रिय र स्थानीयतह समेतमा स्वामित्व विकास गर्ने खालका हुनु पर्दछ । क्षमता अभिबृिद्ध महासन्धि अन्तर्गतका क्षमता अभिबृद्धिका क्रियाकलापहरु सहितका सिकेका पाठहरुद्वारा निर्देशित हुनुका साथै प्रभावकारी, सहभागीतामूलक पुनरावृत्तीय, बहु विषयसंग अन्तरसम्बन्धित (क्रसकटिङ्ग) र लैङ्गिक उत्तरदायी हनुपर्दछ ।
३. सबैपक्षहरुले यस सम्झौता कार्यान्वयनका निम्ति विकासोन्मुख पक्ष राष्ट्रहरुकोक्षमता अभिबृिद्धका लागि सहकार्य गर्नु पर्दछ । विकसित पक्ष राष्ट्रहरुले विकासोन्मुख पक्ष राष्ट्रहरुमा क्षमता अभिबृिद्धका कार्य गर्न सहयोग बृद्धि गर्नु पर्दछ ।
४. क्षेत्रीय, द्विपक्षीय र बहुपक्षीय सहितका क्रियाकलापहरु मार्फत योसम्झौता कार्यान्वयन गनर्का लागि विकासोन्मुख पक्ष राष्ट्रहरुको क्षमता अभिबृद्धि गर्ने सबैपक्षहरुले क्षमता अभिबृद्धिका त्यस्ता क्रियाकलाप वा उपायहरु सम्बन्धी जानकारी नियमित रुपमा उपलब्ध गराउनेछन् । विकासोन्मुख पक्ष राष्ट्रहरुले यो सम्झौता कार्यान्वयनका लागि क्षमता अभिबृद्धि योजना, नीति, क्रियाकलाप वा उपायहरुकोकार्यान्वयनका सम्बन्धमा गरिएका प्रगति बारे नियमित रुपमा जानकारी गराउनुपर्दछ ।
५. यस सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउने उपयुक्त संस्थागत व्यवस्थाका साथै यो सम्झौताको हकमा समेत काम गर्ने महासन्धि अन्तर्गत स्थापित उपयुक्त संस्थागत व्यवस्थामार्फत क्षमता अभिबृिद्धका क्रियाकलापहरु प्रबद्र्धन गरिनेछ । यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्नेपक्षहरुको सम्मेलनले आफ्नो पहिलो सत्रमा क्षमता अभिबृद्धिका लागि प्रारम्भिक संस्थागत व्यवस्थाका सम्बन्धमा विचार गरी निर्णय लिनेछ ।
धारा १२
पक्षहरुले यस सम्झौता अन्तर्गतका क्रियाकलापहरुको अभिबृद्धिका सम्बन्धमा जलवायुपरिवर्तन सम्बन्धी शिक्षा, तालिम, जनचेतना, जनसहभागिता र सूचनामा सार्वजनिक पहँुचजस्ता कदमहरुको महत्वलाई आत्मसात गर्दै ती कदमहरु अभिबृद्धि गर्न उपयुक्त भए अनुरुपका उपायहरु अबलम्वन गर्न सहकार्य गर्नेछन् ।
धारा १३
१. आपसी विश्वास तथा समझदारी कायम गर्न र प्रभावकारी कार्यान्वयन अभिबृद्धि गर्न पक्षहरुका विविध क्षमतालाई ध्यानमा राख्ने र सामुहिक अनुभवमा आधारित हुने अन्तर्निहित लचकता भएकोकार्य तथा सहयोगका निम्ति उच्च पारदर्शी संरचना खडा गरिएको छ ।
२. पारदर्शी संरचनाले विकासोन्मुख पक्ष राष्ट्रहरुलाई तिनीहरुको क्षमताका आधारमा आवश्यक पर्ने यस धाराका प्रावधानहरु कार्यान्वयन गर्नमा लचकता प्रदान गर्नेछ । यस धाराको प्रकरण १३ मा उल्लिखित विधि, प्रक्रिया र मार्गनिर्देशनले त्यस्तो लचकता प्रतिविम्बित गर्नेछ ।
३. पारदर्शी संरचनाले अति कम विकसित राष्ट्र र साना टापुका रुपमा रहेका विकासोन्मुख राष्ट्रहरुका विशेष परिस्थितिलाई मनन् गर्दै महासन्धि अन्तर्गतका पारदर्शी व्यवस्था निर्माण गरी तिनलाई प्रबद्र्धन गर्नेछ र ती संरचना सुविधाजनक, गैहस्तक्षेपकारी, गैरदण्डात्मक, राष्ट्रिय सार्वभौमसत्ताको सम्मानकारक र पक्षहरुमा अनुचित दवाब नदिने खालका हुनेछन् ।
४. राष्ट्रिय संचार, द्वैवार्षिक प्रतिवेदन तथा द्वैवार्षिक अद्यावधिक प्रतिवेदन, अन्तर्राष्ट्रिय मूल्याड्ढन तथा समीक्षा र अन्तर्राष्ट्रिय परामर्श तथा विश्लेषण समेतका महासन्धि अन्तर्गतका पारदर्शी व्यवस्था यस धाराको प्रकरण १३ अन्तर्गतको विधि, प्रक्रिया र निर्देशिका निर्माणका निम्ति हासिल गरिएको अनुभवको अंग हुनेछन् ।
५. पारदर्शी क्रियाकलापसम्बन्धी संरचनाको उद्देश्य धारा १४ अन्तर्गतको विश्वव्यापी मूल्यांकनलाई सूचना उपलब्ध गराउनका लागि महासन्धिको धारा २ मा उल्लेख भए बमोजिमको उद्देश्यलाई ध्यानमा राखी जलवायुपरिवर्तनका क्रियाकलापका साथै धारा ४ अन्तर्गतका पक्षहरुका राष्ट्रिय तहमा निर्धारित व्यक्तिगत योगदान प्राप्त गर्ने दिशामा स्पष्टता तथा प्रगतिको मापन र असल अभ्यास, प्राथमिकता, आवश्यकता तथा रिक्तता सहितका धारा ७ अन्तर्गतका पक्षहरुका अनुकूलन कार्यहरुमा स्पष्ट जानकारी उपलब्ध गराउनु हो ।
६. सहयोगसम्बन्धी पारदर्शी संरचनाको उद्देश्य धारा १४ अन्तर्गतको विश्वव्यापी मूल्यांकनलाई सूचना उपलब्ध गराउनका लागि धारा ४, ७, ९, १० र ११ अन्तर्गतका जलवायुपरिवर्तन क्रियाकलापहरुका सन्दर्भमा सम्बन्धित पक्षहरुले उपलब्ध गराएको र तिनीहरुलेव्यक्तिगत हैसियतमा प्राप्त गरेकोसहयोगबारेस्पष्ट गर्नुर सम्भवभएसम्म उपलब्ध गराईएको समग्र आर्थिक सहयोगको पूर्ण समीक्षा गर्नु हो ।
७. प्रत्येक पक्षले नियमितरुपमा निम्न लिखित सूचना उपलब्ध गराउनेछ :
क) जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समितिद्वारा स्वीकृत तथा यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनद्वारा अनुमोदित असल अभ्यासका विधिहरुको प्रयोग गरी तयार पारिएको हरितगृह ग्याँसकोस्रोतजन्य तथा सोसाइका कारण निवारण हुने मानवसृजित उत्सर्जनको
राष्ट्रिय अभिलेखीकरण प्रतिवेदन;
ख) धारा ४ अन्तर्गत आना राष्ट्रियस्तरमा निर्धारित योगदानकोकार्यान्वयन तथा सो प्राप्त गर्ने तर्फ भएको प्रगति मापनका लागि आवश्यक सूचना ।
८. प्रत्येक पक्षले धारा ७ बमोजिम जलवायुपरिवर्तनका प्रभाव तथा अनुकूलन सम्बन्धी सूचना समेत उपयुक्तता अनुरुप उपलब्ध गराउनुपर्दछ ।
९. विकसित पक्ष राष्ट्रहरु तथा सहयोग उपलब्ध गराउने अन्य पक्षहरुले धारा ९, १० र ११ बमोजिम विकासोन्मुख पक्ष राष्ट्रहरुलाई प्रदान गरिएकोवित्तीय, प्रविधि हस्तान्तरण तथा क्षमता अभिबृद्धि सहयोग सम्बन्धी सूचना उपलब्ध गराउनुपर्दछ ।
१०. विकासोन्मुख पक्ष राष्ट्रहरुले धारा ९, १० र ११ अन्तर्गत आवश्यक र प्राप्त
गरेकोवित्तीय, प्रविधि हस्तान्तरण तथा क्षमता अभिबृद्धि सहयोगसम्बन्धी सूचना उपलब्ध गराउनुपर्दछ ।
११. यस धाराको प्रकरण ७ र ९ अन्तर्गत प्रत्येक पक्षद्वारा प्रेषित सूचनाको निर्णय १/सीपी.२१ बमोजिम प्राविधिक विशेषज्ञद्वारा समीक्षा गर्नु पर्नेछ । आफ्ना क्षमताको आधारमा यस्तो समीक्षाको आवश्यकता पर्ने विकासोन्मुख पक्ष राष्ट्रहरुलाई समीक्षा प्रक्रिया अन्तर्गत क्षमता अभिबृद्धिको आवश्यकता पहिचान गर्नमा सहयोग उपयोग हुनेछ । यसका अतिरिक्त प्रत्येक पक्ष राष्ट्रले सुविधाजनक तवरले धारा ९ अन्तर्गतका प्रयासहरुका सन्दर्भमा प्रगतिको बहुपक्षीय विवेचना गर्नमा र आफ्नो राष्ट्रिय तहमा निर्धारित योगदानको कार्यान्वयन तथा उपलब्धिमा सहभागिता जनाउनेछ ।
१२. यस प्रकरण अन्तर्गतको प्राविधिक विशेषज्ञ समीक्षामा प्रसंग अनुसार पक्ष राष्ट्रले उपलब्ध गराएको सहयोगको विवेचना र आफ्ना राष्ट्रिय तहमा निर्धारित योगदानको कार्यान्वयन तथा उपलब्धि निहित रहनेछ । सो समीक्षाले पक्ष राष्ट्रको निम्ति सुधारको क्षेत्र पहिचान गर्नेछ र उक्त समीक्षामा यस धाराको प्रकरण २ अन्तर्गत पक्षलाई प्रदान गरिएको लचकतालाई मनन् गर्दै यसै धाराको प्रकरण १३ मा उल्लिखित विधि, प्रक्रिया तथा मार्गनिर्देशन सहितका सूचनाको सामञ्जस्यताको पुनरावलोकन समेत गरिनेछ । यो समीक्षाले विकासोन्मुख पक्ष राष्ट्रहरुका सम्बन्धित राष्ट्रिय क्षमता तथा परिस्थितिलाई विशेष ध्यानमा राख्नेछ ।
१३. यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले आफ्नो पहिलो सत्रमा महासन्धि अन्तर्गतका पारदर्शिता सम्बन्धी व्यवस्थाबाट अनुभव हासिल गरी यस धाराका प्रावधानहरुलाई परिष्कृत गर्दै कार्य तथा सहयोगको पारदर्शिताका लागि उपयुक्तता अनुरुप साझा विधि, प्रक्रिया र् िनर्देशनहरु पारित गर्नेछ ।
१४. यस धाराको कार्यान्वयनका लागि विकासोन्मुख राष्ट्रहरुलाई सहयोग उपलब्ध गराइनेछ ।
१५. विकासोन्मुख पक्ष राष्ट्रहरुको पारदर्शितासंग सम्बन्धित क्षमता अभिबृद्धिका लागि समेत निरन्तर रुपमा सहयोग उपलब्ध गराइनेछ ।
धारा १४
१. यस सम्झौताको पक्षहरुको बैठकको रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनले यो सम्झौताको उद्देश्य प्राप्त गर्ने तर्फ सामुहिक प्रगति तथा यसको दीर्घकालीन लक्ष्य (“विश्वव्यापी मूल्यांकन” भनिएको) को लेखाजोखा गर्नका लागि यो सम्झौता कार्यान्वयनको आवधिक अभिलेख राख्नेछ । सो कार्य समन्याय तथा उपलब्ध सर्वाेत्तम विज्ञानलाई मध्यनजर गर्दैन्यूनीकरण, अनुकूलन र कार्यान्वयन तथा सहयोगका साधनहरुलाई मनन् गरी विस्तृत तथा सुविधाजनक तवरले गरिनेछ ।
२. यस सम्झौताको पक्षहरुको बैठकका रुपमा कार्य गर्ने पक्षहरुको सम्मेलनले यसको पहिलो विश्वव्यापी मूल्यांकनको कार्य सन् २०२३ मा प्रारम्भ गरी तत्पश्चात यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनले अन्यथा निर्णय नगरेसम्म प्रत्येक पाँच वर्षमा गर्नेछ ।
३. विश्वव्यापी मूल्यांकनको उपलब्धिबाट पक्ष राष्ट्रहरुलाई राष्ट्रियरुपमा निर्धारित तवरले यो सम्झौताको सान्दर्भिक प्रावधानहरु अनुरुप तिनीहरुका क्रियाकलाप तथा सहयोगलाई अद्यावधिक तथा प्रबद्र्धन गर्न र जलवायु सम्बन्धी कार्यका निम्ति अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि गर्नमा समेत जानकारी उपलब्ध हुनेछ ।
धारा १५
१. यस सम्झौताका व्यवस्थाहरुको कार्यान्वयनमा सहजीकरण र तिनीहरुको परिपालनालाई प्रोत्साहित गर्न एउटा संयन्त्र खडा गरिएको छ ।
२. यस धाराको प्रकरण १ मा उल्लिखित संयन्त्र अन्तर्गत एउटा समिति रहनेछ, जुन विशेषज्ञतामा आधारित तथा सहयोगात्मक प्रकृतिको हुनेछ र जसले पारदर्शी, गैर द्वन्दात्मक तथा गैरदण्डात्मक तवरलेकार्य गर्नेछ । यस समितिले पक्षहरुकोसम्बन्धित राष्ट्रिय क्षमता तथा परिस्थितिलाई विशेष रुपमा ध्यान दिनेछ ।
३. उक्त समितिले यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनको पहिलो सत्रद्वारा पारित विधि र प्रक्रिया अनुरुप कार्य गर्नेछ र यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलन समक्ष वार्षिकरुपमा प्रतिवेदन पेश गर्नेछ ।
धारा १६
१. महासन्धिको सर्वाेच्च निकायको रुपमा रहेको पक्षहरुको सम्मेलनले यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत काम गर्नेछ ।
२. यस सम्झौताको पक्ष नभएका महासन्धिका पक्ष राष्ट्रहरुले यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनको कुनै पनि सत्रको कामकारवाही मा पर्यवेक्षकको रुपमा सहभागी हुन सक्नेछन् । पक्षहरुको सम्मेलनले यस सम्झौताको पक्षहरुको बैठकका रुपमा काम गर्दाका बखत यस सम्झौताका पक्षहरुले मात्र सम्झौता अन्तर्गतका निर्णयहरु गर्नेछन् ।
३. पक्षहरुकोसम्मेलनले योसम्झौताको पक्षहरुको वैठककोरुपमा काम गर्दाकोसमयमा महासन्धिको पक्षको हैसियतले प्रतिनिधित्व गर्ने तर त्यसबखत यस सम्झौताको पक्ष नरहेका पक्षहरुको सम्मेलनकोकार्यालय (ब्यूरो) कोकुनैसदस्यलाई यस सम्झौताका पक्षहरुद्वारा आफूमध्येबाट निर्वाचित हुने अतिरिक्त सदस्यले प्रतिस्थापन गर्नेछ ।
४. यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले यस सम्झौताको कार्यान्वयनबारे नियमितरुपमा समीक्षा गर्नेछ र यसको प्रभावकारी कार्यान्वयनलाई प्रबद्र्धन गर्न आवश्यक हुने आफ्ना अधिकार क्षेत्र अन्तर्गतका निर्णयहरु गर्नेछ । सो सम्मेलनले यस सम्झौताद्वारा आफूलाई सुम्पिएको कार्यहरुका साथै देहायका कार्यहरु गर्नेछ :
क) यस सम्झौताको कार्यान्वयनका लागि आवश्यक देखिएका सहायक निकायहरु
स्थापना गर्ने, र
ख) यस सम्झौताको कार्यान्वयनका लागि आवश्यक हुने अन्य कार्यहरु गर्ने ।
५. यस सम्झौताका पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले सर्वसम्मतिबाट अन्यथा निर्णय गरेकोमा बाहेक पक्षहरुको सम्मेलनका कार्यविधिगत नियमहरु तथा महासन्धि अन्तर्गत लागूरहेका आर्थिक कार्यविधिहरु यस सम्झौतामा समेत आवश्यक हेरफेर सहित लागूहुनेछन् ।
६. सचिवालयले योसम्झौता लागूहुने मिति पछि तय भएको यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनको पहिलो सत्र पक्षहरुको सम्मेलनको पहिलो सत्रसँगै पर्ने गरी आह्वान गर्नेछ । यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले अन्यथा निर्णय गरेकोमा बाहेक यस सम्झौताको पक्षहरुको बैठकका रुपमा कार्य गर्ने पक्षहरुको सम्मेलनका त्यस पछिका साधारण सत्रहरु पक्षहरुको सम्मेलनका साधारण सत्रहरुसंगै आयो जना गरिनेछ ।
७. यस सम्झौताको पक्षहरुको बैठकको रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनको असाधारण सत्रहरु यस सम्झौताको पक्षहरुको बैठकका रुपमा कार्य गर्ने पक्षहरुको सम्मेलनले आवश्यक ठानेको अन्य समयमा वा कुनै पक्षको लिखित अनुरोधमा आयोजना हुनेछन् । तर त्यस्तो लिखित अनुरोध सचिवालयद्वारा पक्षहरुलाई सूचित गराएको छ महिनाभित्र कम्तीमा एक तिहाई पक्षहरुले समर्थन गरेको हुनुपर्नेछ ।
८. संयुक्त राष्ट्र संघ तथा यसका विशिष्टिकृत संस्थाहरु र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका साथै यो महासन्धिको पक्ष नरहेका त्यसका कुनै पक्ष राष्ट्र वा पर्यवेक्षकले यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनकोसत्रहरुमा पर्यवेक्षककोरुपमा प्रतिनिधित्व गर्न सक्नेछन् । यस सम्झौताको दायरामा पर्ने विषयहरुमा योग्य ठहरिएका र यस सम्झौताको पक्षहरुको बैठकका रुपमा कार्य गर्ने पक्षहरुको सम्मेलनको सत्रमा पर्यवेक्षकको रुपमा प्रतिनिधित्व गर्न इच्छुक रहेको कुरा सचिवालयलाई सूचित गर्ने जुनसुकै राष्ट्रिय वा अन्तर्राष्ट्रिय, सरकारी वा गैरसरकारी निकाय वा संस्था (एजेन्सी) लाई कम्तीमा एक तिहाई उपस्थित सदस्यले आपत्ति नजनाएमा त्यस्तो प्रवेशको अनुमति दिन सकिनेछ । पर्यवेक्षकहरुकोप्रवेश र सहभागिता यस धाराकोप्रकरण ५ मा उल्लिखित कार्यविधिगत नियमहरुमा आधारित हुनेछ ।
धारा १७
१. महासन्धिको धारा ८ बमोजिम स्थापित सचिवालयले यस सम्झौताको सचिवालयको रुपमा समेत काम गर्नेछ ।
२. सचिवालयका कार्यहरुसम्बन्धी महासन्धिको धारा ८ को प्रकरण २ र सचिवालयको कार्यपद्दत्तिका लागि गरिएको व्यवस्थासम्बन्धी महासन्धिको धारा ८ को प्रकरण ३ यस सम्झौतामा समेत आवश्यक हेरफेर सहित लागूहुनेछ । यसका अतिरिक्त सचिवालयले आपूmलाई यस सम्झौता बमोजिम र यस सम्झौताको पक्षहरुको बैठकका रुपमा कार्य गर्ने पक्षहरुको सम्मेलनद्वारा तोकिएको कार्यहरु समेत गर्नेछ ।
धारा १८
१. महासन्धिको धारा ९ र १० द्वारा स्थापित वैज्ञानिक तथा प्राविधिक सुझावका लागि सहायक निकाय र कार्यान्वयनका लागि सहायक निकायले यो सम्झौताको क्रमशः वैज्ञानिक तथा प्राविधिक सुझावका लागि सहायक निकाय र सम्झौता कार्यान्वयनका लागि सहायक निकायको रुपमा कार्य गर्नेछन् । यी दुई निकायहरुका कार्यपद्दत्ति सम्बन्धी महासन्धिका प्रावधानहरु आवश्यक हेरफेर सहित यस सम्झौतामा समेत लागू हुनेछन् । उक्त वैज्ञानिक तथा प्राविधिक सुझावका लागि सहायक निकाय र सम्झौता कार्यान्वयनका लागि सहायक निकायका सत्रहरु महासन्धिका क्रमशः वैज्ञानिक तथा प्राविधिक सुझावका लागि सहायक निकाय र सम्झौता कार्यावयनका लागि सहायक निकायका बैठकहरुसँगैआयोजना गरिनेछन् ।
२. यस सम्झौताको पक्ष नभएका महासन्धिका पक्षहरु सहायक निकायहरुका कुनै पनि सत्रको कामकारवाहीमा पर्यवेक्षकको रुपमा सहभागी हुन सक्नेछन् । त्यस्ता सहायक निकायहरुले यस सम्झौताको सहायक निकायहरुको रुपमा कार्य गर्दा यस सम्झौताका पक्षहरुले मात्र यो सम्झौता अन्तर्गतका निर्णय गर्नेछन् ।
३. महासन्धिको धारा ९ र १० बमोजिम स्थापित सहायक निकायहरुले यो सम्झौतासँग सम्बन्धित विषयहरुका सम्बन्धमा आफ्ना कार्यहरु गर्दा महासन्धिकोपक्षको रुपमा प्रतिनिधित्व गर्ने त्यस बखत यस सम्झौताको पक्ष नरहेका त्यस्ता सहायक निकायहरुका कार्यालय (ब्यूरो) का कुनैसदस्यलाई योसम्झौताका पक्षहरुद्वारा आफू मध्येबाट निर्वाचित हुने अतिरिक्त सदस्यले प्रतिस्थापन गर्नेछ ।
धारा १९
१. यस सम्झौतामा उल्लेख भए बाहेकका महासन्धिद्वारा वा सोअन्तर्गत स्थापित सहायक निकायहरु वा अन्य संस्थागत व्यवस्थाले यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनको निर्णयको आधारमा यस सम्झौताको कार्य गर्नेछ । यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत काम गर्ने पक्षहरुको सम्मेलनले त्यस्ता सहायक निकायहरु वा व्यवस्थाद्वारा गरिने कार्यहरु निर्धारण गर्नेछ ।
२. यस सम्झौताको पक्षहरुको बैठकका रुपमा समेत कार्य गर्ने पक्षहरुको सम्मेलनले त्यस्ता सहायक निकायहरु तथा संस्थागत व्यवस्थालाई थप निर्देशन दिन सक्नेछ ।
धारा २०
१. योसम्झौता महासन्धिका पक्ष रहेका राष्ट्र वा क्षेत्रीय आर्थिक एकीकरण संगठनहरुद्वारा हस्ताक्षरका लागि र अनुमोदन, समर्थन वा स्वीकृति गर्ने गरी खुला राखिनेछ । यसमा हस्ताक्षरका लागि न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा २०७३ साल बैशाख १० (२२ अप्रिल २०१६) गतेदेखि २०७४ साल बैशाख ८ (२१ अप्रिल २०१७) गतेसम्म खुला राखिनेछ । तत्पश्चात् हस्ताक्षरका लागि बन्द गरिएको मितिदेखि यो सम्झौता सम्मिलनका लागि खुला रहनेछ । अनुमोदन, समर्थन, स्वीकृति वा सम्मिलनका लिखतहरु अभिलेख अधिकारी समक्ष दाखिला गरिनेछ ।
२. आफ्ना कुनैपनि सदस्य राष्ट्रहरु यस सम्झौताको पक्ष नभई यो सम्झौताको सदस्य भएका कुनै क्षेत्रीय आर्थिक एकीकरण संगठनले यस सम्झौता अन्तर्गतका सबै दायित्वहरु वहन गर्नु पर्नेछ । त्यस्ता आर्थिक एकीकरण संगठनहरुका हकमा तिनका एक वा बढी सदस्य राष्ट्रहरु यस सम्झौताको पक्ष बनेका छन् भने उक्त संगठन तथा त्यसका सदस्य राष्ट्रहरुले यस सम्झौता अन्तर्गतका आफ्ना दायित्वहरु वहन गर्नका लागि तिनीहरुका आ–आफ्ना जिम्मेवारीहरुका सम्बन्धमा निर्णय गर्नुपर्नेछ । त्यस्तो अवस्थामा सोसंगठन र सदस्य राष्ट्रहरुले एकैसाथ सम्झौता अन्तर्गतका अधिकारहरु प्रयोग गर्न पाउने छैनन् ।
३. क्षेत्रीय आर्थिक एकीकरण संगठनहरुले आफ्ना अनुमोदन, समर्थन, स्वीकृति वा सम्मिलनका लिखतहरुमा यस सम्झौताले नियमन गर्ने विषयवस्तुहरुका सम्बन्धमा आफ्नो दक्षताको क्षेत्रबारे घोषणा गर्नु पर्नेछ । साथै, यी संगठनहरुले अभिलेख अधिकारीलाई आफ्नो दक्षताको क्षेत्रमा भएको कुनै आधारभूत परिमार्जनको बारेमा जानकारी गराउनुपर्नेछ, जसले पछि सोको जानकारी पक्षहरुलाई दिनेछ ।
धारा २१
१. यो सम्झौता कूल विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको कम्तीमा पनि अनुमानित ५५ प्रतिशत उत्सर्जन भएका महासन्धिका कम्तीमा ५५ पक्षहरुले आ–आफ्नो अनुमोदन, समर्थन,स्वीकृति वा सम्मिलनका लिखतहरु दाखिला गरेको तीसौ दिनदेखि लागू हुनेछ ।
२. यस धाराको प्रकरण १ को सीमित प्रयोजनका लागि मात्र “कुल विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जन” भन्नाले महासन्धिका पक्षहरुले यो सम्झौता ग्रहण हँुदा वा सो पूर्वको मितिमा खुलाएको सोको सर्वाधिक अद्यावधिक परिमाण सम्झनुपर्छ ।
३. यस धाराकोप्रकरण १ मा उल्लिखित सम्झौता लागूहुनेशर्तहरु पूरा गरी यस सम्झौ तालाई अनुमोदन, समर्थन, स्वीकृति वा सम्मिलन गर्ने प्रत्येक राष्ट्र वा क्षेत्रीय आर्थिक एकीकरण संगठनको हकमा यो सम्झौता त्यस्ता राष्ट्र वा क्षेत्रीय आर्थिक एकीकरण संगठनले आफ्नो अनुमोदन, समर्थन, स्वीकृति वा सम्मिलनको लिखत दाखिला गरेको मितिबाट ३० औं दिनदेखि लागू हुनेछ ।
४. यस धाराको प्रकरण १ को प्रयोजनकालागि क्षेत्रीय आर्थिक एकीकरण संगठनले दाखिला गरेकोकुनैलिखतलाई सोसंगठनकोसदस्य राष्ट्रहरुद्वारा दाखिला गरिएको भन्दा पृथक लिखतको रुपमा गणना गरिने छैन ।
धारा २२
महासन्धिको संशोधन पारित गर्ने सम्बन्धी महासन्धिको धारा १५ का प्रावधानहरु आवश्यक हेरफेर सहित यो सम्झौताको हकमा समेत लागूहुनेछन् ।
धारा २३
१. महासन्धिको अनुसूची संशोधन तथा पारित गर्ने सम्बन्धी महासन्धिको धारा १६ का प्रावधानहरु आवश्यक हेरफेर सहित यस सम्झौतामा समेत लागूहुनेछन् ।
२. अनुसूचीहरु यस सम्झौताका अभिन्न अंग हुनेछन् र स्पष्टरुपमा अन्यथा व्यवस्था गरिएको अवस्थामा बाहेक यस सम्झौताको सन्दर्भ लिंदा त्यसकै कुनै अनुसूचीको सन्दर्भ लिएको मानिनेछ । त्यस्ता अनुसूचीहरु वैज्ञानिक, प्राविधिक, कार्यविधिगत वा प्रशासकीय प्रकृतिका सूची, फाराम तथा अन्य कुनैविवरणात्मक किसिमका सामग्रीमा सीमित रहनेछन् ।
धारा २४
महासन्धिको धारा १४ को विवाद निरुपणसम्बन्धी प्रावधानहरु आवश्यक हेरफेर सहित यस सम्झौतामा समेत लागू हुनेछन् ।
धारा २५
१. यस धाराको प्रकरण २ मा उल्लिखित व्यवस्था बाहेक प्रत्येक पक्षको एक मत हुनेछ ।
२. क्षेत्रीय आर्थिक एकीकरण संगठनहरुले आफ्नो दक्षताका सवालहरुमा यस सम्झौताको पक्ष रहेका आफ्ना सदस्य राष्ट्रहरुकोसंख्या बराबर मताधिकारकोप्रयोग गर्नेछन् । सो संगठनको कुनैसदस्य राष्ट्रले मताधिकारको प्रयोग गरेमा संगठनकोमताधिकार कायम रहने छैन र संगठनले एकमुष्ट मतदान गरेकोमा सदस्य राष्ट्रको पनि मताधिकार र हने छैन ।
धारा २६
संयुक्त राष्ट्र संघका महासचिव यस सम्झौताको पनि अभिलेख अधिकारी हुनेछन् ।
धारा २७
यस सम्झौतामा कुनैआरक्षण राख्न पाइने छैन ।
धारा २८
१. कुनै पक्षका लागि यो सम्झौता लागू भएको तीन वर्षपछि कुनै पनि समयमा उक्त पक्षले अभिलेख अधिकारीलाई लिखित सूचना दिएर यो सम्झौतालाई परित्याग गर्न सक्नेछ ।
२. त्यस्तो कुनै पनि परित्याग, अभिलेख अधिकारीले त्यस्तो परित्यागको सूचना पाएको मितिबाट एक वर्षपछि वा सो परित्यागको सूचनामा तोकिने पछिल्लो मितिबाट लागू हुनेछ ।
३. महासन्धि परित्याग गर्ने पक्षले यस सम्झौतालाई समेत परित्याग गरेको मानिनेछ ।
धारा २९
अरबी, चिनीयाँ, अंग्रेजी, फ्रेञ्च, रुसी र स्पेनिश भाषाका पाठहरु समान रुपमा आधिकारिक हुनेप्रस्तुत सम्झौताको सक्कल प्रतिलाई संयुक्त राष्ट्रसंघका महासचिव समक्ष दाखिला गरिनेछ ।
पेरिसमा २०७२ साल मंसीर २६ गते (तदुनसार सन् २०१५ को डिसेम्बर १२ तारिख) मा सम्पन्न गरिएको ।
यस कुराको प्रमाणस्वरुप विधिवत रुपले अधिकारप्राप्त देहायका हस्ताक्षरकारी हरुले प्रस्तुत सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्रोत : नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय
प्रतिक्रिया दिनुहोस