वातावरणीय सुधार र फोहोर व्यवस्थापनमा कोरियाको सहयोग

सम्झाैतामा हस्ताक्षर गर्दै ।


वातावरणीय सुधार र फोहोर व्यवस्थापनको लागी दक्षिण कोरियाले नेपाललाई १ करोड भन्दा बढी रकम सहयोग गर्ने भएको छ । दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशन (के-ईको)ले नेपाललाई ‘पाईलट प्रोजेक्ट’को रुपमा १ करोड रूपैयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने भएको हो ।

वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले पहिलो पटक नेपाललाई आर्थिक सहयोग गर्न लागेको हो । उक्त सहयोग सम्झौतामा नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र के-ईकोका अध्यक्षले हस्ताक्षर गरेका छन्।

सम्झौतामा नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयले वातवरणिय सुधार, फोहोर व्यवस्थापन र फोहोरको पुन प्रयोगमा यो रकम खर्च गर्ने भनिएको छ। काठमाडौंमा बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण प्रदुषित बन्दै गएको काठमाडौंमा फोहर मैला व्यवस्थापन गर्न के ईकोले काम सुरु गर्नेछ।

यो सम्झौता के ईकोमा कार्यरत अनुसन्धानकर्ता विन्दु मल्लको पहलमा सम्भव  भएको हो । उनले काेरियाकाे सहयाेग नेपाल ल्याउन सकेकाेमा खुसि व्यक्त गरेकी छिन् । के- ईकोले हाल सम्म १७ मुलुकमा वातावरणीय सुधारका लागी आर्थिक सहयोग गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics