मेट्रो हैन मोनोरेल ! महानगरले थाल्यो अध्ययन



काठमाडौंमा स्काइरेल अर्थात मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले वाइबिडी सिमेक्स कम्पनीसँग मिलेर यसबारे अध्ययन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउन दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यही योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ ।

वाइबिडी सिमेक्स कम्पनीले ३ महिनामा काठमाडौंको १० किलोमिट रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । भने अन्य क्षेत्रमा अध्ययन गर्न वर्षदिन लाग्नेछ ।

सम्भाव्यता अध्ययनले काठमाडौंमा स्काईरेल चल्ने सम्भावना देखिएमा करिब १ वर्षभित्रै रेल सञ्चालनमा आउन सक्ने वाइबिडी सिमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेले दाबी गरे ।

काठमाडौंमा मेट्रो रलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्तरगत सम्भाब्यता अध्ययन गर्न लागिएको महानगरपालिकाले बताएको छ ।

मेट्रो रेलका लागि लगानी बोर्डले पनि अध्ययन थालेको छ । मेट्रो रेलको तुलनामा स्काइरेल चलाउन निर्माण गर्न लाग्ने समय कम हुन्छ । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर समेत हुँदैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics