पर्यटकको इमेलले समातेकाे तस्कर
- सुजाता कार्की
२०६७ सालमा मुस्ताङ भ्रमण गएका एक विदेशी पर्यटकले एक स्थानीय बासिन्दाको घरमा हिँउचितुवको अंग देखे । घुमेर आउदासम्म पनि उनको दिमागमा त्यो घटनाले कोट्याइरह्यो । घुमेर आफ्नो देश फर्किए तर हिँउचितुवाको अंगलाई बिर्सनै सकेनन् । सोचे र बेचैन मनले भने अनुसार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सरोकारवालालाई इमेल लेखे ।
त्यही इमेलका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विभाग र जिल्ला प्रहरी कार्यालय मुस्ताङ मिलेर यो घटनाको अनुसन्धान गरे र दुईजना हिउँचितुवाको तस्करीमा संलग्नलाई समातियो ।
पछिल्लो समयमा पनि हिउँ चितुवाको तस्करी र शिकार रोकिएको छैन । विभिन्न समूह तथा व्यक्तिहरु तस्करीमा संलग्न रहदै आएका छन् । हिँउ चितुवाको तस्करी नेपालमा मात्रै होइन हिउँ चितुवा पाइने १२ वटा देशमा नै हुने गरेको छ ।
चोरी तस्करीमाथी छलफल गर्न आगामी अगस्ट २३ देखि २६ गते सम्म किर्गिजस्तानको राजधानी विस्केटमा हिँउचितुवा सम्मेलन हुन लागेको छ । हिँउ चितुवा मार्ने मानिसले मान्छेसमेत मार्ने र बेच्न सक्नेप्रति चिन्ता किर्गिजस्तानका राष्ट्रपति अतामबायेवले व्यक्त गरेका छन् । उनले जारी गरेको भीडियो सन्देशमा विश्वमा नै हिँउ चितुवाको अवस्था खतरामा रहेकोले बेलैमा विशेष कदमको खाँचो औंल्याएका छन् । उनले भनेका छन्, कदम नचालए भने प्रकृतिको अमुल्य उपहार गुमाउनु पर्नेछ ।
वन मन्त्रालयको जैविक विवधता तथा वतावरण महाशाखाको प्रमुख डा. महेश्वर ढकालले हिँउ चितुवाको संरक्षणमा सबै देश एकजुट हुनुपर्छ त्यसैले अन्तराष्ट्रिय सम्मेलनले हिँउ चितुवा सम्बन्धि अन्तरसम्बन्ध राम्रो बनाउन मद्दत गर्ने बताए । विश्वबाट हिउँ चितुवा लोप हुन नदिन संरक्षण र साझा उदेश्यलाई जोड दिँदै अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।
काठमाडौमा आयोजना भएको दोस्रो हिउँचितुवा कार्यबैठक पछि सात महिना पछि किर्गिजस्तानमा यो सम्मेलन हुन लागेको हो । काठमाडौंमा गएको वर्ष माघ ४ गते देखी ७ सम्म यो सम्मेलन भएको थियो । किर्गिजस्तानमा हुने हिँउ चितुवा सम्मेलनको लागि नेपालका प्रधानमन्त्रीलाई निमन्त्रण गरिसकेको छ । हिउँचितुवा नेपालको पूर्वको कञ्चनजंघा संरक्षण क्षेत्रदेखि पश्चिमको अपिनपा संरक्षण क्षेत्रभित्रका १२ निकुञ्ज, शिकार आरक्ष र संरक्षण क्षेत्रको हिमाली भेगमा पाइन्छ ।
यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यसको शिकार गर्न पूर्णत : निषेध गरिएको छ । हिउँचितुवालई गैर कानुनी तरिकारले मार्ने , घाइते बनाउने ,यसको शरीरको कुनैपनि अङगलाई किनबेच गर्ने ब्यक्तिलाई रु पाँच लाख देखि दश लाख सम्म जरिवाना वा पाँच वर्षदेखी १५ वर्षसम्मको जेल सजाय वा दुवै सजाय हुने प्रावधान छ ।
विश्वमा हिँउ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान ,चीन ,काजकिस्तान , किरगिस्तान, भारत , मङ्गोलिया , रसिया , पाकिस्तान,ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । हिँउचितुवालाई संसारकै कठिन भूखण्डमा बस्छन् ।
नेपालमा हिउँचितुवा ३ सयदेखि ५ सयबीच रहेको अनुमान छ विश्वमा यसको संख्या ४ हजारदेखि ६ हजार ५ सयसम्म रहेको अनुमान छ । नेपालभरिमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको लागु उपत्यकामा हिउँचितुवाो सबैभन्दा बढी घनत्व (१०० वर्ग कि.मि.मा १०–१२ वटा हिउचितुवा) पाइएको छ ।
प्रतिक्रिया दिनुहोस