बन्यजन्तुको आक्रमण महिलालाई किन ?

फाेटाे : सागर गिरी


चितवत राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्ष २०७३/ ७४ मा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये ९ महिला र ५ पुरुष रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार महिलाहरू बढी प्राकृतिक काम घास दाउरा र घरायसी काममा सक्रिय भएकोले वन्यजन्तुले बढी आक्रमण गर्ने गरेको छ । उनले भने, 'महिलाहरू खेतबारीमा काम गर्न जाने भएकाले पनि वन्यजन्तुको निशानामा बढी परेका हुन् ।'

मृत्यु हुनेमध्ये १३ जना राहत पाउने मापदण्डमा छन् भने एक जना राहत नपाउने मापदण्डमा परेका छन् ।

बढी जसो महिलाहरूलाई केरा बारीमा, बारीमा काम गरेको र राति बाहिर निस्कदा वन्यजन्तुले आक्रमण गरेको अर्यालले जानकारी दिए । नवलपरासी, माडी, सैराहा, ठोरी लगायतको ठाउँमा बढी आक्रमण भएको निकुञ्जले जनाएको छ ।

वन्यजन्तुले विभिन्न स्थानमा फरक फरक गैंडा, हात्ती र बाघले आक्रमण गरेका छन् । वन्यजन्तुहरु रातीको समयमा बढी हिडडुल गर्ने भएकोले बढीजस्तो घटना राति हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics