मुग्लिन-नारायणगढ सडकमा पहिराेले ट्रक पुरियाे
- नेचर खबर
आज दिनभर यातायात आवागमन ठप्प हुने सम्भावना
मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खस्दा बिहिवार दुईवटा ट्रक पुरिएका छन् । गएराति चेपाङडाँडामा झरेको पहिरोले दुई ट्रक पुरिएको मुग्लिन नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार चेपाङडाँडालगायत विभिन्न १० ठाउँमा ठूल्ठूला पहिरो खसेको छ । ट्रक चालकहरु भने भागेर बाँच्न सफल भएका छन् ।
बुधबार राति उक्त सडक खण्डको इच्छाकामना ६ मा पहिरोमा दुईवटा सवारी पुरिएका छन् । ती सवारी अझै निकालिएको छैन ।
चितवन मुग्लिन नारायणगढ सडकमा हिजोदेखि नै आएको पहिरोका कारण आज दिनभर यातायात आवागमन ठप्प हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार साना ठुला पहिरो लगभग एक दर्जन जति आएका छन्। पानी परेका कारण सफा गर्न पनि गाह्रो भएको उनले बताए।
यो सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा पहिरो खसेर बेला बेलामा सताउने गरेको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक विस्तारको काम सुरु भएयता १४१ वटा पहिरो गएको छ। जसमा पाँचजना यात्रुको निधन भएको छ। एकजना वेपत्ता र चारजना घाइते भएका छन् । भने अधिकांश सवारी साधनमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस