नागासाकीमा ७२ वर्षअघि झरेको त्यो बम !



७२ वर्षअघि जापानको नागासाकीमा अमेरिकाले खसाएको त्यो बम । जसले अहिले पनि विश्व तरंगीत बनाइदिन्छ । जसले हजारौंको ज्यान लियो अनि लाखौं अपांग भए । हजारौं अहिले पनि त्यसको असर भोगिरहेका छन् ।

सन् १९४५ अगष्ट ९ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाल्यो । जसको  ७२ वर्ष पुगेको छ ।

दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट हिरोसिमामा भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो। त्यस्तै नागासाकीमा भएको बम आक्रमणमा परी ज्यान जानेको सङ्ख्या ७५ हजार रहेको बताइएको छ।

एटम बमको विकीरणका कारण घटनास्थलमा नै ती नागरिकको ज्यान गएको थियो भने अरू कैयौँ घाइते भएर बाँचेका थिए । उनीहरूले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए।तीमध्ये अझै कतिपय जिवितै छन् ।

बमबाट आएको विकरणका कारण मानिहरुमा अनेक किसिमका रोग देखिएको थियो जसमा अपाङता बढी थियो । तर, हालै एक अध्ययनले देखाए अनुसार यस्ता विकरणले मानिसको जिनमा मात्र नभई बोट बिरुवालाई पनि हानी पु¥एको छ । यस्ता विकरणले सबै प्राणी तथा बोट बिरुवामा उत्परिवर्तन गराउँदछ । कुनै बिरुवामा यस्तो अस्वभाविक रूप देखिनु या हर्मोन असन्तुलनमात्र नभई उनीहरूमा अभिभावक बिरुवामा देखिएको आनुवंशिक उत्परिवर्तन सरेको पनि हुन सक्ने बैज्ञानिकहरुको निष्कर्ष छ ।

कुनै बिरुवा सामान्य छन् र तीनका अभिभावक बिरुवामा आनुवंशिक उत्परिवर्तन थियो भने, उसको बच्चा बिरुवामा पनि आनुवंशिक उत्परिवर्तन देखिन सक्छ र यो पुस्तौँ पुस्ता सम्म चल्न सक्छ । यसरी कुनै दिन बिरुवाको असली अस्तित्व हराएर बिरुवा नै नयाँ रूपमा आउन सक्ने अनुमान पनि वैज्ञानिकहरूले गरेका छन् ।

नागासाकी नगरमा बम खसालिएको स्थानमा प्रत्येक वर्ष  दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन्।
हिरोसीमामा जस्तै नागासाकीमा पनि बम खसालिएको स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ। उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन्।

हिरोसिमा र नागासाकीमा भएको हमलामा जीवित रहेका केही नागरिक अहिले पनि छन्। उनीहरू पनि आजको उक्त वार्षिकी कार्यक्रममा उपस्थित भएर आफ्ना अनुभव व्यक्त गर्ने गर्छन्।

हिरोसिमाछि अर्को सहरमा परमाणु बम खसाल्ने अमेरिकाको योजना थियो । अमेरिकाले ५ दिनपछि जापानको कोकुरा सहरमा बम खसाल्ने योजना बनाएको थियो । तर, खराब मौसमका कारण २ दिनअघि नै बम खसालियो । मौसमले सहर पनि बदल्नुपरेपछि कोकुराको ठाउँमा नागासाकीमा बम खसालिएको थियो । त्यति बेला औद्योगिक सहर नागासाकीमा १० हजार कोरियाली र ६ सय चिनीयासहित २ लाख ६३ हजार जनता थिए ।

अहिले परमाणु बमको परीक्षणको क्रम तिब्र छ । ७२ वर्षअघिको त्यो एउटा बमले त्यस्तो नरसंहार गर्यो भने अहिले त हामी कल्पनै गर्न सक्दैनौं । तर परिस्थितीभने त्यो भन्दा धेरै जटिल भइसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics