बाढी पहिरोमा ३१ को मृत्यु



देशभर भइरहेको वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी अहिलेसम्म ३१  जनाको मृत्यु भएको छ । झापादेखि कैलालीसम्मका विभिन्न स्थानमा खोलाले बगाएर तथा पहिरोले पुरिएर ३४ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

देशको तराई तथा चुरे क्षेत्रमा भइरहेको वर्षाले देशैभरि बबण्डर मच्चाएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।
विभिन्न भागमा चारवटा पक्की पुल बगेका छन् ।

गृह मन्त्रालयका अनुसार, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा छन् । राप्ती नदीपारिको बस्तीसमेत डुबेको छ ।

जलवायु तथा मौसम विज्ञान विभागले बाढी पहिरोको खतरा अघिल्लो दिन नै दिएपनि सरकारले कुनै तयारी गरेको देखिएन । बाढी पहिरोले ठुलो जनधनको क्षति गरेपछि मात्रै सरकार उद्धार र राहतमा जुटेको छ ।

मौसमविद्हरुले वर्षा हुने क्रम आइतबारसम्मै जारी रहने जनाएका छन् । शनिवार साँझ मौसम प्रणाली क्रमशः पूर्वबाट पश्चिमतर्फ सरिरहेको भू उपग्रह तस्वीहरुमा देखिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics